संविधानको भावना अनुरुप समलिंगी तेस्रोलिंगीलाई संरक्षण गरिन्छ : सांसद राजेन्द्र गौतम

संविधानको भावना अनुरुप समलिंगी तेस्रोलिंगीलाई संरक्षण गरिन्छ : सांसद राजेन्द्र गौतम

काठमाडौं (पहिचान) असार २९ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद राजेन्द्र गौतमले समलिंगी तेस्रोलिंगीलाई संविधानले नैं संरक्षण गरिसकेको भन्दै अब कानुन बनाएर सबै अधिकार संरक्षण गरिने बताएका छन् । पहिचानसँगको कुराकानीमा सांसद गौतमले संविधान अनुसार कानुन बनेपछि अधिकार सुनिश्चित हुने भन्दै अब बन्ने कानुन कसैलाई पनि भेदभाव नगर्नेगरी बनाउने बताए ।

‘हिजोसम्म समाजमा पहिचान नभएको समुदायले संविधानबाट पहिचान पाएको छ, अब उसलाई संविधान बमोजिम कानुन बनाएर थप अधिकारसम्पन्न बनाउनुपर्छ,’ सांसद गौंतमले भने, ‘त्यसका लागि अब बन्ने कानुन विभेदमुक्त बनाउने र आवश्यक परे संविधानको भावना अनुरुप विशेष कानुन बनाउने हो ।’ उनले संविधान बनेपछि तत्काल सबै कुरा लागु नहुने विश्वव्पायी मान्यता रहेको भन्दै नेपालको हकमा समलिंगी तेस्रोलिंगीले पनि धैर्यता सहित त्यसको कार्यान्वयनमा पहल गर्नुपर्ने बताए ।

सांसद गौतमले राजनीतिक संरक्षणका लागि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पहुँच विस्तारको आवश्यकता रहेको भन्दै त्यसका लागि समलिंगी तेस्रोलिंगीले पनि काम गर्नुपर्ने बताए । ‘राजनीतिमा आफै लाग्नु र त्यसअनुरुप पहुँच विस्तार भएन भने राजनीतिक आवद्धतामा सिमित बन्न सक्छ,’ गौतमले भने, ‘राजनीतिक दलले चुनाव जित्नका लागि नै उम्मेदवारी दिनेहुँदा उम्मेदवारीका लागि पनि जनतासँगको पहुँच बलियो बनाएर बस्नुपर्छ ।’ उनले नेपाल कम्युनिष्ट पार्टीमा महाधिवेशनबाट समानुपातिक प्रतिनिधित्व प्रणाली लागु हुने भन्दै त्यसवेलासम्म धैर्य गर्न पनि आग्रह गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.