यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धा संसदमा उठाउने निरुपालको प्रतिवद्धता

यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धा संसदमा उठाउने निरुपालको प्रतिवद्धता

भक्तपुर (पहिचान) असार ३१ – सांसद निरुपालले आफू यौनिक तथा लैंगिक अल्पसंख्यकको साथमा रहेको बताएकी छन । संघीय युवा संसदमा सांसद निरुपाललाई नील हिरा समाजका रुक्शना कपालीले संसदमा आफ्नो समुदायको एक जनाको पनि प्रतिनिधित्व नहुँदा यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धा कसरी संबोधन हुन्छ ? हामी कसरी ढुक्क हुने भनेर प्रश्न गरेका थिए ।

जवाफमा सांसद निरुपालले आफू यो समुदायको साथमा रहेको बताएकी हुन् । “यो दुखको कुरा हो कि संसदमा यस समुदायबाट प्रतिनिधी छैन, अब यो सांसदमा थप व्यक्ती राख्न सम्भव छैन उनले भनिन् म यस मुद्दामा सकारात्मक छु ।”

उनले आफ्नो हैसियत अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्दा सँधै उठाउने प्रतिवद्धता जनाइन । सासंद निरुपाल कपालीलाई अँगालो मारेर “म सँधै तपाइँहरूको साथमा छु“ भन्दै मुस्कुराएकी थिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.