निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘इमोशनल ब्लाकमेल’ नगर्न रेशुलाई चेतावनी, फेरी पनि मिति सारे चुप नबस्ने

‘इमोशनल ब्लाकमेल’ नगर्न रेशुलाई चेतावनी, फेरी पनि मिति सारे चुप नबस्ने

946
SHARES

काठमाडौं (पहिचान) असार ३२ – मिष्टर एण्ड मिस रेम्बो प्रतियोगिता हुने नहुने अन्यौल भएको छ । द लिभिङ डिभाइन फाउण्डेशनले गर्ने भनेको प्रतियोगिताका लागि आवेदन दिएकाहरुमा अन्यौल उत्पन्न भएको हो । आफूलाई फाउण्डेशनको संस्थापक अध्यक्ष भन्दै आएका रिऋर्ब रेशुले बिभिन्न बहानामा प्रतियोगिताको मिति सार्दै आएपछि प्रतियोगीहरु रेशुको क्रियाकलाप प्रति नै सशंकित भएका छन् ।

रेशुले विभिन्न बाहानामा मिति सार्दै आएको प्रतियोगिता जुलाई २५ तारिख देखि हुने भनेर जानकारी दिएका छन् । तर, त्यो मितिमा पनि उनले प्रतियोगिता गर्ने नगर्ने कुनै निश्चित भएको छैन । त्यति बेला पनि प्रतियोगिता सुरु नभए इमोशनल ब्लाकमेल गर्ने रेशुलाई कारवाही गर्न प्रशासनमा अनुरोध गर्ने तयारी प्रतियोगितामा सहभागी हुन फारम भरेकाहरुले गरेका छन् । उनीहरुले फेरी मिति सारे आफूहरु चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।

रेशुको इमोशनल ब्लाक मेल के हो ?

रिऋर्ब रेशुले सहभागी यौनिक तथा लैंगिक अल्पसंख्यकहरुसँग २० हजार रुपैयाँ मागेको खुलेको छ । “रेशुले आफूलाई क्यान्सर भएको छ भनेर २० हजार रुपैयाँ छ भने दिनु भनेर मागे मिष्टर एण्ड मिस रेन्बोको फेसबुक पेजमा भेटिएका प्रतियोगीहरुले भने, ३ हजार रुपैयाँ मात्रै छ भन्दा त्यो पनि देउ न भनेका छन् ।” उनको यस्ता क्रियाकलापले प्रतियोगीतामा सहभागिता जनाउन फारम भरेका समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी हैरान भएका छन् ।

मिष्टर एण्ड मिस रेम्बोको फेसबुक पेज बनाएर आवेदन आव्हान गरेका उनले दुई हप्ता अगाडी प्रथम सत्रको कार्यक्रम पोखरामा गर्ने भनेका थिए । तर, आजसम्म उनले पहिलो सत्रको कार्यक्रम सुरु गर्ने छाटकाट गरेका छैनन् । मिति सारेर प्रतियोगीतामा सहभागी हुन फारम भरेकाहरुको भावनामा खेलवाड गरेका त होइन् फारम भरेका अर्का एक सहभागीले भने, हामीलाई ब्लाकमेल गर्ने रेशुको क्रियाकलाप आपत्तीजनक छ । आफूलाई आचार्य, डाक्टर समेत हुँ भन्दै हिड्ने उनले चिनेजानेका साथी देखि ति साथीका आफन्तसँग समेत जरुरी परेको छ भनेर पैसा लिने र सम्पर्क विहिन हुने गरेका छन् ।

उनको यस्तो क्रियाकलाप प्रति सचेत रहन र उनका गतिविधिको निगरानी राख्न उनको संगतमै रहेकाहरुले आग्रह गरेका छन् । उनलाई पटक पटक मिष्टर एण्ड मिस रेम्बोको फेसबुक पेजबाट पहिचान मिडियाको लोगो हटाउन आग्रह गर्दा उनले अटेर गरिरहेका छन् । उनले मिलेर बसेको यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आपसमा विभाजन गराएर आफ्नो व्यक्तिगत स्वार्थमा लाग्ने काम गरेको समेत शंका भइरहेको फारम भरेका प्रतियोगीहरुले बताएका छन् ।

रेशुले पनि व्यक्तिगत सहयोग मागेको स्वीकारेका छन् । उनले व्यक्तिगत सहयोग मागेको कुरालाई इमोशनल ब्लाकमेल भन्न नमिल्ने तर्क समेत गरे । आफूले कुनै पनि प्रतियोगीसँग शुल्क नउठाएको भन्दै रेशुले तोकिएको मितिमा कार्यक्रम नगरे कानुनी कारवाही भोग्न तयार रहेको बताए । उनले मिष्टर एण्ड मिस रेन्बोको ब्यानरमा राखिएको पहिचान मिडियाको लोगो आजै हटाउने प्रतिवद्धता समेत जनाए ।

समाचार शेयर गर्नुहोस्
946
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.