तेस्रोलिंगीबारे गीत गाउन गायिका प्रसाई तयार

तेस्रोलिंगीबारे गीत गाउन गायिका प्रसाई तयार

काठमाडौं (पहिचान) साउन १० – गायिका टिका प्रसाईंले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय तेस्रोलिंगीबारे गीत गाउन तयार रहेको बताएकी छन् । समाजमा चेतना फैल्याउने गीत गाउनु गायक गायिकाको पनि दायित्व भएको बताउँदै राम्रो शब्द तथा संगीत पाए आफू गीत गाउन तयार रहेको उनी बताउँछिन् ।

“मायाँ प्रेमसँगै फरक खालको गीत गर्ने इच्छा सबैमा हुन्छ त्यो ममा पनि छ । यदी मैले भनेजस्तो शब्द, संगीत र सहयोग गर्न कोही तयार छ भने म तेस्रोलिंगीको अधिकारका लागि गीत गाउँछु ।”

तेस्रोलिंगीलाई समाजमा अहिले पनि महिला र पुरुषलाई जस्तो सजिलो नरहेको बताउँदै भन्छिन्, “यो समाजमा तेस्रोलिंगीलाई त्यती सजिलो छैन । उनीहरुले कस्ता समस्या भोग्नुपर्छ भन्ने मलाई थाहा छ । महिला र पुरुषलाई जस्तो उनीहरुले सहजै काम गर्ने वातावरण छ जस्तो मलाई लाग्दैन ।”

कलाकारलाई धेरैले आदर्श ठान्ने भएकाले उनीहरुले तेस्रोलिंगीबारेमा आवाज उठाएको अवस्थामा समाजमा चेतना फैल्याउन सजिलो हुने उनको बुझाइ छ । महिला पुरुष जस्तै प्राकृतिक रुपमा जन्म लिएका सबै व्यक्ति समान हुने भन्दै लैंगिकताकै आधारमा विभेद गर्न नहुनेमा उनको जोड छ ।

गीतसंगीतलाई ब्यबसायसँगै समाज परिवर्तनको माध्यम बनाउन सकिनेभन्दै उनी कलाकारले यसतर्फ ध्यान दिनुपर्ने बताउँछिन् । भर्खरै आफूले छुवाछुत विरुद्धको गीत गाएको स्मरण गर्दै यस्तै तेस्रोलिंगीको विषयमा पनि गीत गाउन सकिने उनले बताइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.