एलबीटीहरु जवरजस्ती विवाह गर्नुपर्ने समस्यामा

एलबीटीहरु जवरजस्ती विवाह गर्नुपर्ने समस्यामा

कैलाली (पहिचान) साउन १४ – सुदुरपश्चिमका एलबीटीहरुले कुटपिट गरेर जवरजस्ती विवाह गरिदिने गरेको बताएका छन् । नील हिरा समाजको शाखा कार्यालय एकता नेपालले कैलालीमा गरेको कार्यक्रममा उनीहरुले घर, परिवार र समाजको विभेदका कारण कतिपय एलबीटीहरुले आत्महत्याको प्रयास समेत गरेको बताए ।

समलिंगी महिला, द्वयलिंगी महिला र तेस्रोलिंगी पुरुषहरुले आफ्नै यौनिकताको बारेमा समेत जानकारी नहुँदा समस्या भोग्नु परेको गुनासो गरे । ‘हरेक क्षेत्रमा विभेद, दुरव्यवहार भोग्नु परेको छ एलबीटीहरुले भने, शैक्षिक, आर्थिक समस्यामा रहेका हामीहरुले रोजगारीबाट समेत बञ्चित हुनु परेको छ ।’

घरपरिवार समाजमा आफ्नो बारेमा बुझाउन नसक्दा उमेर पुग्ने वितिकै कुटपिट गरेर जवरजस्ती विवाह गरिदिने समस्या रहेको उनीहरुको भनाई छ । पैतृक सम्पति तथा नागरिकताबाटै बञ्चित रहेको तेस्रोलिंगी अनुस रानाले बताए । समलिंगी सम्बन्धमा बस्दा केटी साथीको घरकाले चेलीबेटी बेचबिखन गर्छ भन्ने आरोप समेत लगाउने गरेको रानाले बताए ।

कार्यक्रममा सहभागी एलबीटीहरुले सबै एकजुट भएर अधिकार प्राप्तिको अभियानलाई पछाडि फर्कन दिन नहुनेमा जोड दिए । एकता नेपालका विबेक सिंहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.