आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाइदैं

आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाइदैं

काठमाडौं (पहिचान) साउन १६ – नेपालका आदिवासीहरुले यो बर्षको बिश्व आदिवासी दिवस आन्दोलनकै रुपमा मनाउने बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यो बर्षको २४ औं विश्व आदिवासी दिवस आन्दोलनकै रुपमा मनाउने बताएको हो । महासंघले विश्व आदिवासी दिवस लक्षित विविध कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासी जनजातिको पहिचान सुनिश्चित गर्न माग गर्ने बताएको छ ।

संविधान संशोधनको माग गर्दै आएको महासंघले विश्व आदिवासीवासी दिवसको सन्दर्भमा साउन १९ र २० गते काठमाडौंमा ‘आदिवासी जनजाति वृहत राष्ट्रिय राजनीतिक सम्मेलन’ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । जुन कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासीको पहिचान सुनिश्चित गर्न नयाँ राजनीतिक बाटो तय हुने महासंघले जनाएको छ ।

संविधान जारी हुने बेला छुट्टै आन्दोलन गरेको पद्यमरत्न तुलाधार नेतृत्वको ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल’ले समेत यो वर्ष महासंघसँग सहकार्य गरेर विश्व आदिवासी दिवस मनाउने भएको छ । महासंघले सार्वजनिक गरेको कार्यक्रम अनुसार तुलाधार नेतृत्वको समूहले ‘संघीयता कार्यान्वयन र जातिय सवाल’ विषयमा अन्तरकृया गर्ने बताएको छ । महासंघको नेतृत्वमा आदिवासी जनजाति जन्य संघ संस्थाहरुले समेत विविध कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । विश्वभरका आदिवासीले हरेक वर्ष ९ अगष्टका दिन विश्व आदिवासी दिवस मनाउने गरेका छन् ।
यो पनि पढ्नुहोस

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट चार पत्रकार पुरस्कृत हुने

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.