निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अव हामी संरक्षण गछौं : नारदमुनि राना

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अव हामी संरक्षण गछौं : नारदमुनि राना

571
SHARES

काठमाडौं (पहिचान) साउन १७ – सांसद नारदमुनी रानाले यौनिक तथा लैंगिक अल्पसंख्यकको संरक्षणका लागि आफूले काम गर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद रानाले यौनिक तथा लैंगिक अल्पसंख्यक हाम्रै समाजका उत्पादन भएको बताए ।

‘यौनिक तथा लौंगिक अल्पसंख्यकहरु पनि हामी जस्तै आमाबाबुबाट जन्मिएका हाम्रै समाजका उत्पादन हुन्,’ सांसद रानाले भने, ‘उनीहरुलाई संविधानले संरक्षण दिएको छ, अव हामी उनीहरुको संरक्षण गछौं ।’ उनले संविधानले अधिकार दिइसकेका समलिंगी, तेस्रोलिंगी, द्विलिंगी र अन्तरलिंगीलाई चाडैं कानुनले पनि संरक्षण गर्ने बताए ।

‘देशमा धेरै कानुन निर्माण गर्नुछ, सरकारले पनि त्यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ रानाले भने, ‘प्रतिपक्षले पनि संसदीय प्रक्रियामा सरकारलाई सहयोग गर्यो भने संविधानले तोेकेकै अवधिमा कानुन बन्छन् र यौनिक तथा लैंगिक अल्पसंख्यकसहित सबैको कानुनी संरक्षण हुनेछ ।’ उनले एउटा कुनैपनि नागरिकलाई विभेद गर्ने अधिकार राज्यसंग पनि नहुने भन्दै देशको सर्वाङ्गिण विकासका लागि हरेक नागरिकको विकास जरुरी हुने बताए ।

उनले संघीय संसद र संघीय कानुनले मात्र संरक्षण गरेर यौनिक तथा लैंगिक अल्पसंख्यकसहित सबैको संरक्षण हुन नसक्ने भन्दै प्रदेश र स्थानीय सरकारले पनि उतिकै ध्यान दिनुपर्ने बताए । ‘नागरिकसँग सबैभन्दा निकट त प्रदेश र स्थानीय सरकार रहन्छन्,’ रानाले भने, ‘संविधानको भावना अनुसार प्रदेश र स्थानीय सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको प्रतिनिधित्व र संरक्षण सुनिश्चित गर्नुपर्छ ।’ कैलाली क्षेत्रनम्बर पाँचबाट प्रतिनिधिसभामा निर्वाचित सांसद रानाले कम्युनिष्ट सरकारका पालामा धेरै उपलरब्धी हुने दावी समेत गरे ।

समाचार शेयर गर्नुहोस्
571
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.