मिस मिसेज तिज २०७५ को उपाधी सिता र र बवितालाई

मिस मिसेज तिज २०७५ को उपाधी सिता र र बवितालाई

रुपन्देही (पहिचान) भदौ ६ – एन्जोए लेडिज एण्ड जेन्स लांघाली व्युटी पार्लरको आयोजनामा बुटवलमा मिस एण्ड मिसेज तिज–२०७५ प्रतियोगिता भएको छ । महिलामा रहेको विभिन्न कलालाई बाहिर ल्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी सञ्चालक रेखा थापाले जानकारी दिइन ।

प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न स्थानबाट करिव दुई जर्दन भन्दा बढि मिस र मिसेजहरुले सहभागीता जनाए । बुटवलमा भएको फाईनल प्रतियोगितमा अन्तिम प्रतिष्पर्धीहरुलाई पछाडी पार्दै मिस तर्फ बविता न्यौपानेले टाईटल उपाधि कब्जा गरिन । उपाधिसँगै उनले नगद १० हजार र आर्कषक गिफ्ट हयाम्पर प्राप्त गरिन ।

यस्तै फष्ट रनर अपमा विपना अधिकारी र सकेण्ड रनरअपमा खिम कुमारी थापाले उपाधी प्राप्त गरे । यस्तै मिसेजतर्फ सिता कुँवरले उपाधी कब्जा गरिन । मिसेजतर्फ फष्ट रनर अपमा धन माया राना, सकेण्डमा कविता शर्मा न्यौपाने बिजेता बनिन ।

अर्गनाईजर च्वाईस मिस तर्फ तिर्सना थापा, मिसेज तर्फ अस्मिना काफ्ले, भ्युअर च्वाईसमा खेम कुमारी थापा (मिस), विपना अधिकारी (मिसेज) र नृत्यमा स्मृती परियार विजेता बने । प्रतियोगिताको निर्णायकमा बुलबुल श्रेष्ठ, पवन आचार्य, अर्जुन गाहा मगर, रिमा विसी, डा. मौसमी थापामगर लगायतले प्रतिष्पर्धीहरुलाई प्रश्न गरेका थिए ।

उपाधी विजेता सबैलाई प्रदेश सभा सदस्य थान कुमारी थापा, कमला देवी विश्वकर्मा र बरिष्ठ गायिका देविका बन्दनाले पुरस्कार प्रदान गर्नु भएको तेस्रोलिंगी अधिकारकर्मी आनिक राना मगरले जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.