मनो सपोर्टिङ म्यापल ग्रुप रुपन्देहीको अध्यक्षमा आनिक राना

मनो सपोर्टिङ म्यापल ग्रुप रुपन्देहीको अध्यक्षमा आनिक राना

रुपन्देही (पहिचान) भदौ १० – एक्लोलाई सहारा दिने बृक्ष समूह (मनो सपोर्टिङ म्यापल ग्रुप) को अध्यक्षमा तेस्रोलिंगी अधिकारकर्मी आनिक राना निर्वाचित भएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा एचआइभी रोकथाप, मानवअधिकार तथा हेरचाह र सहयोगको कार्यक्रम संचालन गर्दै आएको समुहको छैटौ बार्षिक साधारण सभाले रानालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

नयाँ कार्य समितिको अध्यक्षमा राना सहित उपाध्यक्षमा सुमन चेपाङ, सचिवमा गोपी गुरुङ, सहसचिवमा लक्ष्मण छन्त्याल र कोषध्यक्षमा एलेक्स पुन निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा दुखी राम खवास, नरेन्द्र चौधरी, निर्मल भारी र प्रिन्स सुनार निर्वाचित भएका छन् ।

रुपन्देहीमा सन् २००६ मा स्थापना भएको एक्लोलाई सहारा दिने बृक्ष समूह नील हिरा समाजको सिष्टर अर्गनाइजेशन हो । यो संस्थाले ग्लोवल फण्ड सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा एचआइभी रोकथाम, मानवअधिकार तथा हेरचाह र सहयोगको कार्यक्रम संचालन गर्दै आएका नवनिर्वाचित अध्यक्ष रानाले जानकारी दिइन ।

उनले अहिलेसम्म भएका त्रुटीलाई सुधार गर्दै नयाँ कार्यसमितिले पिल्लर थप्ने काम गर्ने प्रतिवद्धता जनाइन । समाजमा मात्र नभएर राष्ट्रमा नै उदाहरिण काम गरेर देखाउने नयाँ कार्य समितिको प्रतिवद्धता छ ।

यो समुहमा रुपन्देहीका ४१ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्य छन् । नवनिर्वाचित कार्य समितिको कार्यकाल ३ बर्षको हुनेछ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.