निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मनिन्द्रलाई दनुवार बिद्यार्थी मञ्चको सम्मान

मनिन्द्रलाई दनुवार बिद्यार्थी मञ्चको सम्मान

679
SHARES

काठमाडौं (पहिचान) भदौ १९ – नेपाल दनुवार विद्यार्थी मञ्चले मिष्टर गे हेन्डसमको उपाधी बिजेता मनिन्द्र सिंह दनुवारलाई सम्मान गरेको छ । नेपालमा भएको दोस्रो मिष्टर गे हेन्डसमको उपाधी बिजेता सिंहलाई मञ्चले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो । मञ्चको आयोजनामा र प्रवासी दनुवार समाज सेवा मलेसिया, साउदी र कतारको सहयोगमा काठमाडौमा गरेको अन्तरक्रिया कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मनिल सम्मानित भएका हुन् ।

“यौनिक तथा लैंगिक समुदायको क्षेत्रमा मैले गरेको जिम्मेवारी बहन तथा मिस्टर गे नेपाल भएर नेपाललाई अन्तराष्ट्रिय मंचमा प्रतिनिधित्व गरेको हुनाले मेरो आफ्नो जातीय संगठन जहाँ मैले बिगत लामो समय देखि सामाजिक कर्तब्य निर्वाह गरिरहेको छु मनिल आफ्नो समाजिक संजाल फेसबुकमा लेखेका छन्, संगठनले गरेको सम्मान राष्ट्रिय सभाका माननीय सदस्य राम चन्द्र राई दनुवारबाट ग्रहण गर्न पाउँदा खुशी लागेको छ ।”

कार्यक्रममा राष्ट्रिय साभाका सदस्य राम चन्द्र राई दनुवार, शक्ति समुहका निर्वतमान सदस्य तथा समाज सेवी सुनिता दनुवार, प्रदेश नं. १ प्रदेश साभा सदस्य संजा दनुवार, काभ्रेको पाँचखाल नगरपालिकाका उपमेयर लक्ष्मी दनुवार, दुधौली नगरपालिकाका उपमेयर वालकुमारी अधिकारी दनुवार, भंगहा नगरपालिकाका गंगा सिंह दनुवार पनि सम्मानित भएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मनिन्द्र सिंह दनुवार केही समय अघि अन्तराष्ट्रिय स्तरमा भएको मिष्टर गे वल्र्डमा सहभागी भएका थिए ।

समाचार शेयर गर्नुहोस्
679
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.