आइसल्याण्डले समलिंगी रक्तदानमा लगाएको रोकलाइ हटाउन सक्ने

आइसल्याण्डले समलिंगी रक्तदानमा लगाएको रोकलाइ हटाउन सक्ने

काठमाडौं (पहिचान) भदौ २० – आइसल्याण्डको स्वास्थ्य मन्त्रालयले समलिंगी पुरुष तथा पुरुष महिला दुवैसंग शारीरिक सम्बन्ध राख्ने व्यक्तिले गर्ने रक्तदान नियमावलीमाथि लगाइएको रोक परिवर्तन गर्ने जनाएको छ । मन्त्रालयले आगामी महिनाभित्रमा उक्त रोक खारेज गर्न सक्ने अपेक्षा राखिएको छ । आइसल्याण्डमा समलिंगी व्यक्तिले रक्तदान गर्न नपाउने नियम छ ।

डेनमार्क सरकारले समलिंगी व्यक्तिले गर्ने रक्तदानमा लगाइएको रोक हटाइएसंगै आइसल्याण्ड सरकारले समेत यस्तो निर्णय गर्न थालेको हो । डेनमार्कमा समलिंगी व्यक्तिबीच यौनसम्पर्क भएको ४ महिना वितेपछि रक्तदान गर्न पाउने प्रावधान सन् २०१९ बाट लागु हुदैछ ।

यसैगरि व्रिटेन सरकारले पनि समलिंगी जोडिबीच शारीरिक सम्बन्ध भएको ३ महिनापछि रक्तदान गर्न पाउने नियम बनाएको छ । यसअघि रक्तदान गर्न शारीरिक सम्बन्ध राखेको १२ महिना पुगेको हुनुपर्थ्यो ।

संसारका धेरैजसो राष्ट्रहरुमा अझै पनि समलिंगी, तेस्रोलिंगी तथा लिंगपरिवर्तन गराएका व्यक्तिहरुले रक्तदान गर्न नपाउने व्यवस्था रहिआएको छ ।

यसअघि गरिएको एउटा अनुसन्धानमा कतिपय ठाउहरुमा यी समुहका धेरैजसो व्यक्तिहरुको रगतमा नयाँ प्रकारको एचआइभी इन्फेक्सन फेला परेकोले रक्तदानमा प्रतिबन्ध लगाईएको हो ।

तर विभिन्न उच्च प्रविधिको विज्ञान तथा मेडिकल प्रक्रियाले यसमा समस्या नपर्ने प्रमाणित भएकोले योग्य व्यक्तिले रक्तदान गर्न सक्नेछन् ।
जुन महिनामा एलजिविटि अधिकारकर्मीहरुले रक्तदान कार्यक्रममा भेदभाव गरेको भन्दै क्यानडा, ब्राजिल, अष्ट्रेलिया र अमेरिकामा सचेतनामुलक कार्यक्रम चलाएका थिए ।

सन् २०१४ मा गरिएको एक अध्ययन अनुसार समलिंगी व्यक्तिबाट मात्रै रक्तदान गराउने हो भने वर्षेनि लाखौ मानिसको ज्यान बचाउन सकिन्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.