उमिशा सर्वोत्कृष्ट नेपाल भाषा भिडियो श्रृंगारको टपटेनमा

उमिशा सर्वोत्कृष्ट नेपाल भाषा भिडियो श्रृंगारको टपटेनमा

काठमाडौं (पहिचान) भदौ २२ – नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डका लागि तेस्रोलिंगी मेक अप आर्टिस उमिशा पाण्डे मनोनयनमा परेकी छन् । सर्वोत्कृष्ट नेपाल भाषा (नेवारी) भिडियो श्रृंगारको टप टेनमा उमिशा मनोनयनमा परेकी हुन् । मनोनयमा परेका १० गीत मध्ये उमिशाले श्रृंगार गरेका जिगु मतिना र ल्हा ल्हा ज्वना छनौट भएका हुन् । यसका लागि भोटिङ सुरु भइसकेको छ ।

तेस्रोलिंगी महिला उमिशाले बेष्ट मेक अप आर्टिसमा आफू छनौट भएको भन्दै भोट दिन सबै साथी भाई लगायत परिवारलाई अनुरोध गरेकी छन् । उनलाई भोट दिन मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजी ठूलो अक्षरमा बी लेखेर एक स्पेश दिई अंग्रेजीमा ७६डी (सानो डी ) लेखी ३४३४३ मा सेण्ड गर्नुपर्नेछ ।

यस्तै उनको दोस्रो गीतको भिडियो श्रृंगारमा भोट गर्न मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा क्यापिटल बी लेखेर एक स्पेश दिई अंग्रेजीमै ७६इ (सानो इ ) लेखी ३४३४३ मा म्यासेज पठाउनु पर्नेछ । नेशनल बक्स अफिसले असोज ७ गतेसम्म भोट गर्न सकिने जनाएको छ ।

म्यूजिक भिडियो अवार्डको नेवारी उत्कृष्ट भिडियो श्रृंगारमा पर्न सफल भएकोमा आफूलाई धेरै खुशी लागेको उमिशाले बताइन । यसपटक नेवारी गीतलाई पनि समावेश गरिएको र उत्कृष्ट १० गीत मध्ये दुई वटा गीतको भिडियो श्रृंगारमा पर्न सफल भएकोमा उमिशाले नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड टिमलाई धन्यवाद समेत दिइन ।

म्यूजिक भिडियो अवार्ड कार्यक्रमका संयोजक रामबहादुर सुवेदीले टप टेन छनौटमा लिंगका आधारमा भेदभाव नगरेको बताए । असोज ७ गतेसम्म भोटिङ हुने र ९ गते भोटिङको नतिजा नेपाल दुरसंचारले दिने सुवेदीले बताए । आगामी असोज १८ गते सिंगापुरमा नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड बितरण गर्ने कार्यक्रम रहेको छ ।

पहिलो पटक एकै थलोमा हजारौ प्रतिभालाइ सम्मान गर्दै उनीहरुमा उत्साह र प्रोत्साहन थप्ने कामको थालनी गरेको संयोजक सुवेदीले बताए । उनका अनुसार गत असार मसान्त देखि यो असार मसान्त सार्वजनिक भएका विभिन्न गीत संगीतहरुलाई छनोट गरी बक्स अफिस म्यूजिक भिडियो अवार्ड प्रदान गर्न लागिएको हो ।

उत्कृष्ट १० लाई एन्फा रंगशालामा विविध कार्यक्रमका साथ प्रमाणपत्र बितरन गरिने छ भने उत्कृष्ट ५ लाई आर्मी अफिसर क्लब, उत्कृष्ट चारलाई उडिरहेको प्लेन भित्र र उत्कृष्ट १ लाई भब्य कार्यक्रम आयोजना गरेर बिदेशी भुमिमा अवार्डबाट सम्मान गरिने नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.