एलबीटीको पीडा : समलिंगी सम्बन्धमा रहेकालाई चेलीबेटी बेचबिखनको आरोप

एलबीटीको पीडा : समलिंगी सम्बन्धमा रहेकालाई चेलीबेटी बेचबिखनको आरोप

कैलाली (पहिचान) भदौ २३ – समलिंगी सम्बन्धमा रहेकालाई घर परिवारले चेलीबेटी बेचबिखनको आरोप लगाउने गरेका छन् । केटी साथीसँगको सम्बन्धमा बस्दा केटी पक्षकाले चेलीबेटी बेचबिखनको आरोप लगाउने गरेका हुन् ।

एलविटी समुदायसंग मानवअधिकार र भोग्दै आएका समस्याको विषयमा धनगढीमा भएको छलफल कार्यक्रममा सहभागीहरुले घर परिवार नै आफूहरुको अधिकारको बाधक बनेको बताए । कार्यक्रममा स्वयं आफूले पनि आफ्नोबारेमा परिवारलाई बुझाउन नसक्नु र उमेर पुगी सकेपछि जबरजस्ती विवाह गरिदिने समस्या रहेको बताए ।

समाजले अपेक्षा गरेको भन्दा फरक व्यवहार भएकोले विभिन्न लाञ्छना तथा विभेद सहनु परेको छ उनीहरुले भने, फरक व्यवहारकै कारणले विभिन्न उपनाम जोड्ने समेत गरिएको छ । फरक पहिचान भएकै कारण पैतृक सम्पतिबाट वञ्चित हुनु परेको गुनासो गरे ।

घरपरिवारले नागरिकता नवनाई दिने र परिवारले भनेको नमान्दा कुटाई समेत खानु परेको उनीहरुको भनाई छ । उनीहरुले स्वतन्त्रतापुर्वक रुपमा हिडडुल गर्न नपाउनु र पारिवारिक माया ममताबाट समेत बञ्चित हुनु परेको बताए ।

कार्यक्रममा धेरै एलविटिहरुले आफ्नो यौनिकताबारे थाहा नभएको बताए । कतिपय सहभागीले यो विषय पहिलो पटक सुुनेको बताए ।

उनीहरुले कार्यक्रमबाट आफ्नो पहिचानको बारेमा बुझ्न मौका पाएको र समाजमा आफ्नो पहिचान खुलाएर आउन सक्ने धारणा व्यक्त गरे ।
सहभागीहरुले घरपरिवार र समाजको डरका कारण आफु खुलेर आउन नसकेको बताए । तेस्रोलिंगी भएकै कारण नागरिकताबाट बञ्चित रहेको र कुटपिट भएको घटनाबारे प्रहरीमा उजुरी परेको कार्यक्रममा जानकारी दिइयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.