तेस्रोलिंगी पुरुषले घरबाट निकालेपछि ….

तेस्रोलिंगी पुरुषले घरबाट निकालेपछि ….

काठमाडौं (पहिचान) भदौ २५ – समलिंगी महिलाले तेस्रोलिंगी पुरुष बिरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी छन् । झण्डै ९ बर्षदेखि लिभिङ टुगेदरमा रहेका तेस्रोलिंगी पुरुषले आफूलाई घरबाट निकालेको भन्दै समलिंगी महिलाले आयोगमा उजुरी दिएकी हुन् ।

“हामी ९ बर्षदेखिसँगै बस्दै आएका थियौ, अहिले मलाई उसले निकाल्यो, मलाई न्याय दिलाइ पाउँ” पीडित समलिंगी महिलाले आयोगमा दिएको उजुरीमा लेखिएको छ । तेस्रोलिंगी पुरुष जन्मदा महिला तर, हुर्कदै बढ्दै जादाँ पुरुष स्वभावका हुन्छन् ।

आयोगमा यस्तो खालको उजुरी परेको अहिलेसम्मकै पहिलो भएको आयोग स्रोतले बताएको छ । “राती बाटोमा हिड्दा प्रहरीसँग बादबिबाद हुने र प्रहरीले कुटपिट गर्ने गरेको उजुरी मात्रै आइरहन्थ्यो आयोग स्रोतले भन्यो केटी जस्तो केटा र केटीबीच ९ बर्षदेखि जोडिएको सम्बन्ध तोडिएको भनेर उजुरी परेको यो पहिलो हो ।”

तेस्रोलिंगी पुरुषले मन परुन्जेल राखेर छोडेपछि समलिंगी महिला न्याय माग्दै आयोगमा पुगेकी हुन् । दुई जनाले कमाएको सम्पत्तीमा कसको स्वामित्व हुन्छ ? लगायतका बिषय उल्लेख गरेर पीडित समलिंगी महिलाले आयोगमा उजुरी दिएकी छन् ।

“तेस्रोलिंगी पुरुषले राख्दिन भनेपछि फेरी सँगै बस्न पाउ भनिएको त छैन आयोग स्रोतले पहिचान अनलाइनलाई भन्यो, पीडित केटीले न्याय पाउँ भनेकी छन् ।” यो उजुरी काठमाडौंबाटै परेपनि उजुरीकर्ताको नाम र उजुरीको बिबरण भने आयोगले गोप्य राखेको छ ।

आयोगमा यो सहित तीन आर्थिक बर्षमा यौनिक तथा लैंगिक अल्पसंख्यक विरुद्ध भएका मानवअधिकार हननका ११ वटा उजुरी परेका छन् । सबै भन्दा धेरै आर्थिक बर्ष २०७४/०७५ मा ७ वटा उजुरी परेको छ भने आर्थिक बर्ष २०७२/०७३ मा २ वटा र आर्थिक बर्ष २०७३/०७४ मा २ वटा मात्रै उजुरी मानवअधिकार आयोगमा परेको छ ।

धेरै जसो उजुरी राती सडकमा हिड्दा प्रहरीबाट भएका दुरव्यवहार विरुद्ध रहेको आयोगले बताएको छ । एउटा उजुरी होलीको समयमा दुरव्यवहार भएको भनेर परेको छ । १० वटा उजुरी तेस्रोलिंगीले दर्ता गराएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.