निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

व्रत बस्दै आएका छौ, सम्बन्धमा पनि छौ तर, खोइ विवाहको अधिकार ?

व्रत बस्दै आएका छौ, सम्बन्धमा पनि छौ तर, खोइ विवाहको अधिकार ?

993
SHARES

काठमाडौं (पहिचान) भदौ २७ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले बर्षौदेखि तीजमा व्रत बसेर बैबाहिक अधिकारको माग गरिरहेपनि कतैबाट सुनुवाई नभएको गुनासो गरेको छ । तीज पर्वका अवसरमा नील हिरा समाजले आयोजना गरेको तीज विशेष कार्यक्रमका सहभागीहरुले बैबाहिक अधिकारको माग पूरा गर्न आग्रह गरे ।

काठमाडौंमा रहेका समलिंगी, तेस्रोलिंगी द्धिलिंगी र अन्तरलिंगी समुदायले तीजका गीतमा नाचगान गरेर यो पर्व मनाएका छन् । उनीहरुले हरेक चाडपर्व स्वतन्त्र पूर्वक घर, परिवार र समाजमा बसेर मनाउन नपाउँदा खुसी हुन नसकेको बताए । उनीहरुले हरेक बर्ष तीजमा व्रत बस्दै आएको र आफुलाई मन पराएको व्यक्तिसँग बस्दै आएपनि किन विवाहको अधिकार नदिएको भनेर प्रश्न पनि गरेका छन् ।

‘हामी पुरुष भएपनि हाम्रो इच्छा चाहना महिलाको हुन्छ तेस्रोलिंगी महिला सम्झना श्रेष्ठले भनिन्, नील हिरा समाजमा छमछमी नाच्न आएकी हुँ ।’  उनले आफूलाई घर परिवारबाट सहयोग नभएपनि समुदायको सहयोग पाएको बताइन । उनले अरु तेस्रोलिंगीलाई आफ्नो इच्छा चाहना अनुसार खुलेर आउन आग्रह समेत गरिन ।

‘बिगत १७/१८ बर्षअघि हाम्रो अस्तित्व र पहिचानलाई स्वीकार गरिएको थिएन, बाल्यकालदेखि तीज हाम्रो पर्व लाग्थ्यो समाजकी अध्यक्ष पिंकी गुरुङले भनिन्, जसरी महिलाले एउटा पुरुषसँग विवाह गर्न पाउछन, त्यसरी नै हामी जस्ता समलिंगी तेस्रोलिंगीले पनि आफ्नो इच्छा अनुसार विवाह गर्न पाउनु पर्छ ।’  उनले सांस्कृतिक रुपमै बहिष्कृत हुनुपर्ने अबस्था अहिले केही कम भएको बताइन । तर अहिले पनि घर, परिवार र समाजबाट बहिष्कृत हुनु परेका तेस्रोलिंगी महिला नील हिरा समाज माइती ठानेर तीज मनाउन आउने गरेको गुरुङले सुनाइन ।

‘महिलाले घर परिवारमा पाउने गरेको हिंसा अन्त्यका लागि तीजमा गर्दै आएको आग्रह अहिले नारी शसक्तीकरणसम्म पुगेको छ उनले भनिन, हामीले पनि हामीमाथि भइरहेको विभेद होस भन्दै शसक्तीकरणका लागि आवाज उठाइरहेका छौ ।’ उनले समान बैबाहिक अधिकार प्रदान गर्दै महिलाले जस्तै विवाह गरेर बस्न पाउनु पर्ने यो तीजको सन्देश जाने आशा व्यक्त गरिन ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समलिंगी तेस्रोलिंगीर्ल पनि सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनु पर्छ भनेर तीज पर्व मनाएको बताइन । हामीलाई विवाह गर्ने अधिकार दिएको छैन उनले भनिन्, हामीलाई अधिकार चाहियो भनेर तीज मनाइरहेका छौ । उनले तीज पर्वको सबैलाई शुभकामना पनि दिइन ।

समाचार शेयर गर्नुहोस्
993
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.