बाराको सिम्रौनगढमा जातिय बिभेद नगर्ने सहमति, ५० बर्ष पछि शिव मन्दिरमा पूजापाठ

बाराको सिम्रौनगढमा जातिय बिभेद नगर्ने सहमति, ५० बर्ष पछि शिव मन्दिरमा पूजापाठ

बारा (पहिचान) ३० – बाराको सिम्रौनगढ नगरपालिकामा वडा नं.७ झवानी स्थित महादेव मन्दिरमा दलित तथा गैर दलितले पुजा पाठ गरेका छन् । जातिय विभेद नगर्ने सहमतिपछि दलितहरुले करिब ५० बर्षपछि मन्दिर प्रवेश गरेर पूजापाठ गरेका हुन् ।

बर्षौदेखि दलितलाई गैरदलितले मन्दिर प्रवेश गर्न रोक लगाएका थिए । गएको सोमवार भएको छलफलपछि मन्दिर प्रवेश गर्ने सहमति भएको हो । सहमति पछी झवानीका दलितहरुले मन्दिर प्रवेश गरेर पूजापाठ गरेका हुन् ।

बर्षौपछि गाउँको शिवमहादेव मन्दिरमा प्रवेश गरेर पूजा गर्न पाएपछि आफुहरु खुसी भएको वडा नम्बर ७ का वडा सदस्य सरस्वती रामले बताइन । बर्षौदेखि मन्दिर प्रवेश नपाएको र मन्दिरमा प्रबेश गरेर निर्धक्क भई पूजा गर्न पाउँदा खुसी लागेको स्थानीय दलित अगुवा बिनोद रामले बताए ।

१ हप्ता अगाडी सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादवको पहलमा दलितहरुसंग अहिलेको समयमा पनि छुवाछुत तथा भेदभाव गर्नु कानून विपरित भएको ठहर अनुसार मन्दिरमा निर्वाधरुपमा दलित समुदायका ब्यतिmहरुलाई पुजापाठ गर्नका लागि पहल गर्न दलित र गैरदलित ९ सदस्यीय वार्ता टोली गठन भएको थियो ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रमेश कुर्मीले मन्दिरमा पुजापाठ गर्नदिने, पुजारी ब्यवस्थापन गर्ने, दुवैतर्फबाट फोहर गाली गलौज गर्न नपाउने, आजैका मितिदेखि छुवाछुत तथा भेदभाव अन्य गर्ने र चर्पी निर्माण गर्ने सहमति भएको जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.