सञ्चारिकाको अध्यक्षमा नितु पण्डित, चार जना पत्रकार पुरस्कृत

सञ्चारिकाको अध्यक्षमा नितु पण्डित, चार जना पत्रकार पुरस्कृत

काठमाडौं (पहिचान) भदौ ३१ – सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित सर्वसम्मत भएकी छिन् । समूहको सातौं महाधिवेशनले पण्डितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा सर्वसम्मत चयन भएकी छिन् । यस्तै सदस्यहरुमा कृति भट्टराई, पवित्रा सुनार, रुवी रौनियार, उर्वसी बस्न्यात, दुर्गा कार्की, बसन्ती बास्तोला, कविता थापा र सञ्चिता घिमिरे सर्वसम्मत चयन भएका छन् ।

सातौ महाधिबेशन तथा २२ औ बार्षिक साधारणसभाको अवसरमा भएको कार्यक्रममा सञ्चारिकाले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । सञ्चारिकाले यस वर्षको ‘सञ्चारिका समानता पुरस्कार २०७४’ पत्रकार सन्त गाहा मगरलाई प्रदान गरेको छ । समूहले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार मगरले हिमाल खबर पत्रिकामा लेखेका ’समाज नै संवेदनाहीन’ फिचरको लागि दिइएको हो । पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी समूहले २०७४ सालको स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७४ अछाम जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार गीता कुँवरलाई प्रदान गरेको छ । पुरस्कारको राशि ७ हजार एक सय ११ रुपैयाँ रहेको छ ।

त्यस्तै सञ्चारिका प्रोत्साहन पुरस्कार २०७४ देशसञ्चार अनलाइनमा कार्यरत वर्षा शाह र कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिल्पा कर्णलाई प्रदान गरिएको छ ।

पुरस्कार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरे र विशेष अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.