अभियानकर्मी भएर ‘एग्रेसिभ’ रुपमा लाग्न निर्देशन

अभियानकर्मी भएर ‘एग्रेसिभ’ रुपमा लाग्न निर्देशन

काठमाडौं (पहिचान) असोज १० – नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई अभियानकर्मी भएर बाहिर निस्कनु निर्देशन दिएकी छन् । सरकारले आफ्नो समुदायलाई नकारात्मक ढंगले हेरेको त होइन ? भनेर प्रश्न गर्दै गुरुङले अब  एग्रेसिभ  ढंगले लाग्न निर्देशन दिएकी हुन् ।

‘समाजसँग प्रतिवाद गर्न सक्ने, दवाव दिन सक्ने र चेतना जगाउन सक्ने गरी ‘ एग्रेसिभ ‘ रुपमा लाग्नु पर्छ उनले भनिन्, अधिकार दिने स्थानमा कसरी पुग्ने भनेर लाग्नु पर्छ । आफूसँग भएको क्षमता देखाउनु पर्छ ।’ उनले शक्तिको चलखेलमा मात्रै चल्ने देशमा कहिलेसम्म अधिकार पाउछौ भन्ने प्रश्न ज्वलन्त रुपमा रहेको बताइन ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय परामर्स बैठकको समापन गर्दै उनले नील हिरा समाजले बनाएको पाँच बर्षे रणनीति कागजमै मात्रै सिमित नराखी आ आफ्नो ठाउँमा कार्यान्वयन गर्न पनि निर्देशन दिइन । समुदायले शैक्षिक, सामाजिक, राजनीतिक र नीति निर्माण तहमा पुग्ने गरि आफूलाई क्षमताबान बनाउनु पर्ने अध्यक्ष गुरुङको भनाई छ ।

उनले अब पनि आफ्नो अधिकारको अभियानलाई सशक्त नबनाए लेखिएको अधिकार पनि पछाडी धकेलिन सक्ने तर्फ समुदायका सदस्यलाई सचेत गराइन । अभियानलाई अगाडी लैजान समुदाय सशक्त रुपमा अगाडी आउनु पर्ने उनको भनाई छ । ‘अब अनुनय विनय गरेर अधिकार पाउने अबस्था देखिदैन उनले भनिन्, कतिलाई अधिकार दिनु हुँदैन भन्ने छ, अधिकारको बाडफाँड हुँदा बार्गेनिङ हुने गरेको छ त्यसैले सरकारलाई बाध्य बनाउने रणनीति अपनाउनु पर्छ ।’

उनले लोक सेवा आयोगको पाठ्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बिषय राख्न प्रयास गर्ने बताइन । ‘सुनिलबाबु पन्तको प्रतिनिधित्वले पहिलो संबिधान सभा सचेत थियो उनले भनिन्, अहिले कसैको पनि प्रतिनिधित्व छैन भनेर यो समुदायको मुद्धा थाहा पाएनौ भनेर उम्कनै पाइदैन ।’ उनले बहुमतको सरकार चलाएको दलले चाहेमा यो बिषयलाई सम्बोधन गर्न सक्ने बताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.