संविधान संशोधनको माध्यमबाट समलिंगी समुदायको माग सम्बोधन हुनुपर्छ : जोशी

संविधान संशोधनको माध्यमबाट समलिंगी समुदायको माग सम्बोधन हुनुपर्छ : जोशी

काठमाडौं (पहिचान) असोज १८ – यौनिक तथा लैंगिक पहिचान र शक्ति सन्तुलनका लागि महिला सशक्तीकरण राज्यको मेरुदण्ड हुने बताइएको छ ।

मितिनी नेपालको युवा महिला नेता समूहले आयोजना गरेको ‘पितृसत्ता, लैंगिक पहिचान र शक्ति’ विषयक अन्तरक्रियामा राजनीतिक परिवर्तनका लागि महिलाले खेलेको भूमिका महत्वपूर्ण रहेकाले अब पितृसत्ता प्रवृत्तिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ ।

महिला अधिकारकर्मी सरु जोशीले संविधानले महिला र पुरुषबीच समानता कायम गरे पनि समलिंगी समुदायलाई नसमेटेको बताउँदै आगामी दिनमा संविधान संशोधनको माध्यमबाट यो समुदायको माग सम्बोधन हुनुपर्ने बताइन ।

उनले पछिल्लो समय औपचारिक समानता कायम गर्न, राज्यको मुख्य नेतृत्वमा महिलाको सहभागिता सुनिश्चत गर्न उल्लेखनिय काम भएको बताइन । समाज परीवर्तनका लागि बलियोसगं अघि बढे पनि पुरुष र पितृसत्तात्मक सोंच र प्रवृति अचम्मसगं बढेको भन्दै बलात्कार, एसीड आक्रमण, साइबर क्राइम बढेको उदाहरण जोशीले दिइन ।

अबको आवश्यक्ता सोच परिवर्तन पुरुष, महिला, यौनिक अल्पसंख्यक, धर्मगुरु, खेलाडि, कलाकार, युवाको सहकार्यमा देशभर व्यापक रुपमा जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताइन ।

मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले मानव–मानवबीचको समानतालाई कायम गर्नुपर्नेमा जोड दिइन । उनले विश्वको अघिकाशं देशमा युवाको नेतृत्व रहेको जसका कारण मुलुक विकसित र परिस्कृत भएको बताउँदै नेपालको आर्थिक, समाजिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकिय विकासका लागि युवामैत्री नेतृत्व निर्माण गर्नुको कुनै विकल्प नभएको तर्क गरिन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.