यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्याङक संकलन गर्न माग

यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्याङक संकलन गर्न माग

बाँके (पहिचान) असोज १८ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले आफ्नो समुदायको तथ्याङक संकलन गर्न माग गरेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले एकाइ कार्यालय राखेर तथ्याङक संकलनको माग गरेका हुन् ।

कार्यक्रममा तेस्रोलिंगी अधिकारकर्मी पश्चिम तारा नेपाल संस्थाकी परिना चौधरीले महिला समलिंगी, पुरुष समलिंगी, दुईलिंगी, तेस्रोलिंगी र अन्तरलिंगीबारे व्याख्या गर्दै आफ्नो समुदायको अधिकार राज्यले सुनिश्चित गर्नुपर्ने माग गरिन । हाम्रो समुदायले आफ्नो योग्यता र क्षमता अनुसार रोजगारीका लागि खोइ पहिचान अनुसार प्रतिष्पर्धा गर्न पाएको ? परिनाले प्रश्न गर्दै भनिन, राज्यका हरेक नीति निर्माण तहमा हाम्रो समुदायको प्रतिनिधित्व सुनिश्चित गरियोस ।

उनले बैबाहिक अधिकार, सम्पत्तीको बाँडफाड, धर्मसन्तान राख्न पाउने अधिकार कहिले पाउँछौ ? भनेर प्रश्न गरिन । फरक पहिचान भएकै कारण शिक्षा लिन पाउने नैसर्गिक अधिकारबाट बञ्चित हुनु परेको पीडा राज्य सहितका जिम्मेवार निकायले नसुनेकै हुन् ? उनले भनिन्, यसरी हाम्रो समुदायलाई अधिकार विहिन नबनाउन आग्रह छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणाले जिल्लाका आठ वटै नगरपालिकाले बजेट छुट्याएर यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सहयोग गर्न अनुरोध गरे । उनले आफ्नो उपमहानगरपालिकाले लक्षित वर्गलाई अवहेलना नगरी समान व्यवहार गर्ने बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.