निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपालका लागि नियुक्त अमेरिकी राजदूत बेरीलाई नील हिरा समाजको स्वागत

नेपालका लागि नियुक्त अमेरिकी राजदूत बेरीलाई नील हिरा समाजको स्वागत

899
SHARES

काठमाडौं (पहिचान) असोज २१ नील हिरा समाजले नेपालका लागि नियुक्त भएका अमेरिकी राजदूत रेन्डी विलियम बेरीसँग नजिक भएर काम गर्न उत्साहित रहेको बताएको छ । बेरीलाई नेपालमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै अमेरिकी दूतावाससँग नजिक भएर काम गर्न उत्साहित रहेको समाजले बताएको हो ।

नेपालमा सन् २००१ मा समाजको स्थापना भएपछि अमेरिकी दूतावासको बलियो सहयोग पाएको उल्लेख गरेको छ । समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले निकालेको बिज्ञप्तीमा नेपालमा समलिंगी विवाहलाई कानुनी मान्यता दिने बिषयमा दूतावाससँग मिलेर काम गर्न सक्ने लेखिएको छ ।

‘नेपालको संबिधानले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार स्पष्ट किटान गरेको छ बिज्ञप्तीमा लेखिएको छ, हाम्रो सरकारले समलिंगी तेस्रोलिंगीहरूलाई कानुनी प्रावधानबाट लिंगको पहिचान दिएको छ ।’

नेपालका लागि अमेरिकी राजदूत बेरी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि भुमिकात्मक मोडल र प्रेरणाका श्रोत भएको समाजले उल्लेख गरेको छ । हामी उहाँ प्रति आशावादि छौ र अर्को वर्ष वार्षिक गाईजात्रामा महोत्सवमा भाग लिने आशा गरेका छौ बिज्ञप्तीमा लेखिएको छ ।

समाजले बेरीको कार्यकालमा नील हिरा समाज, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय साथै नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै बलियो बन्ने आशा पनि व्यक्त गरेको छ ।

गत मे १० तारिखमा बेरीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको राजदूतमा सिफारिस गरेका थिए । दक्षिण एसिया मामलाका जानकार बेरी अमेरिकाको विदेश मन्त्रालयको प्रजातन्त्र मानवअधिकार र श्रम विभागको उपनिर्देशकका रूपमा कार्यरत थिए ।

सन २०१५ मा बेरी एम्स्ट्रेडममा अमेरिकी काउन्सिलर जनरल थिए । नेपालमा राजदूत नियुक्त हुनुअघि बेरी अमेरिकी विदेश मन्त्रालयअन्तर्गत प्रजातन्त्र, मानवअधिकार र मजदुर ब्युरोका उपसहायक मन्त्री थिए ।

सन् १९९३ मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनीतिज्ञको भूमिका निर्वाह गरिसकेका छन् ।

उनले न्यूजिल्याण्डमा सन् २००९ देखि २०१२, नेदरल्याण्डमा काउन्सलर जनरलको रूपमा २०१२ देखि २०१५ काम गरिसकेका छन् । यस अघि नेपालमा उनले २००७ देखि २००९ सम्म राजदूत पछिको दोस्रो बरियातामा रहेर काम गरिसकेका छन् ।

बेरी समलिंगी हुन् । उनका दुई छोराछोरी पनि छन् । उनका श्रीमान प्रवेश सिंह हुन् । रेन्डी विलियम बेरी अमेरिकाको मध्ये पश्चिम राज्य कोलोराडोको हिलसाइडमा सन् १९६५ मा जन्मिएका हुन् ।

समाचार शेयर गर्नुहोस्
899
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.