लैंगिक पहिचान अनुसार उच्च शिक्षा अध्ययन गर्न पाउने

लैंगिक पहिचान अनुसार उच्च शिक्षा अध्ययन गर्न पाउने

काठमाडौं (पहिचान) असोज २५ – यौनिक तथा लैंगिक अल्पसंख्यकले आफ्नो लैंगिक पहिचान अनुसार उच्च शिक्षा अध्ययन गर्न पाउने व्यवस्था हुने भएको छ । शिक्षा मन्त्रालय, त्रिभुवन बिश्वविद्यालयले उनीहरुको लैंगिक पहिचान अनुसार उच्च शिक्षा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागेको हो ।

समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीले अहिलेसम्म महिला या पुरुषकै लैंगिक पहिचानमा उच्च शिक्षा अध्ययन गर्दै आएका छन् । अब भने महिला या पुरुष भन्दा फरक पहिचान जनाएर पनि उच्च शिक्षा अध्ययन गर्न पाउने त्रिभुवन बिश्वबिद्यालयका परिक्षा नियण्त्रक पुष्प जोशीले जानकारी दिए ।

पहिचानसँगको कुराकानीमा उनले सर्वोच्च अदालतको आदेश र संबैधानिक व्यवस्था अनुसार त्रिवि रजिष्ट्रेशन फारममा अन्य उल्लेख गर्ने प्रस्ताव तयार भएको वताए । ‘प्रस्ताव तयार भएर प्राज्ञिक परिषदमा पठाएका छौ उनले भने, दशैपछि बस्ने परिषद् बैठकमा विस्तृत छलफल हुन्छ ।’

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो पहिचान अनुसार भर्ना हुन, रजिष्ट्रेशन फारम भर्न पाउनु पर्ने माग गर्दै आएका छन् । पहिचान अनुसार अन्य उल्लेख गरेर रजिष्ट्रेशन फारम भरेका समुदायका एक जना बिद्यार्थीलले परिक्षा दिएको जोशीले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.