तेस्रोलिंगी युवा समूहको सहयोगमा रक्तदान

तेस्रोलिंगी युवा समूहको सहयोगमा रक्तदान

रुपन्देही (पहिचान) असोज २६ – रुपन्देहीमा १७ जना यौनिक तथा लैंगिक अल्पसंख्यक सहित ३० जनाले रक्तदान गरेका छन् । तेस्रोलिंगी युवा समूह रुपन्देहीको सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाजले गरेको बिशेष रक्तदानमा १७ जना समुदायका व्यक्ति सहित ३० जनाले रक्तदान गरेका तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले जानकारी दिइन ।

कोही पनि व्यक्ति रगत अभावमा मर्न नपरोस भनेर रानाकै नेतृत्वमा रक्तदान कार्यक्रम भएको तेस्रोलिंगी युवा समूहले जनाएको छ । १७ जना समुदायका सदस्य र १३ जना यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सहयोग गर्नेहरुले रक्तदान गरेका रानाले बताइन ।

तेस्रोलिंगी युवा समूहले मानवअिधकार, एचआइभी रोकथाम, हेरचाह र सहयोग कार्यक्रम संचालन गरिरहेको उनले जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.