तेस्रोलिंगी इशाको अभिनय रहेको ‘भौतारिदै’ बोलको गीत सार्वजनिक

तेस्रोलिंगी इशाको अभिनय रहेको ‘भौतारिदै’ बोलको गीत सार्वजनिक

काठमाडौं (पहिचान) असोज २८ – गायक कृष्ण पाण्डेको ‘भौतारिदै’ बोलको गीतमा तेस्रोलिंगी मोडल इशा नेपालले अभिनय गरेकी छन् । बिगत दुई बर्षदेखि फेसन शो तथा स्टेज कार्यक्रमहरुमा प्रस्तुती दिदै आएकी इशाले भरखरै सार्वजनिक भएको ‘भौतारिदै’ बोलको गीतमा अभिनय गरेकी हुन् ।

गायक पाण्डेको आफ्नै संगीत रहेको गीतमा इन्जिनियर सागर खरेलको शब्द रहेको छ । तेस्रोलिंगी इशासँगै बिकाश लामिछानेको पनि अभियन रहेको छ ।

दाङ घर भएकी इशा हाल काठमाडौंमा बस्दै आएकी छन् । उनलाई घर परिवारले तेस्रोलिंगी पहिचानमा स्वीकार गरेको छ । दमौलीका मनोज रिजालसँग बिगत ५ बर्षदेखि रिलेशनशिपमा बस्दै आएको उनले वताइन । पहिचानसँग कुरागर्दै इशाले सबै बस्ने कानून बन्नु पर्ने माग गरिन ।

‘विगत ५ बर्षदेखि सँगै बस्दै आएका छौ, कानूनको अभावमा हाम्रो सम्बन्धलाई बैधानिकता दिन पाएका छैनौ इशाले भनिन्, हामीले विवाह गर्ने कानून छिटो बनोस ।’

२४ बर्षकी इशाले यो पटकको दशै काठमाडौंमै मनाउने तयारी गरेको बताइन । आमा काठमाडौंमा आफूसँगै रहेकाले यो बर्षको दशैं यतै मनाउने तयारी रहेको उनले बताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.