समाज परिवर्तन गर्न आम जनसमुदाय लाग्नु पर्छ : थापा

समाज परिवर्तन गर्न आम जनसमुदाय लाग्नु पर्छ : थापा

रुपन्देही (पहिचान) कार्तिक १८ – प्रदेश सभा सदस्य थान कुमारी थापाले समाज परिवर्तन गर्न आम जनसमुदाय लाग्नु पर्ने बताएकी छन् । पहुँच परियोजना अन्तरगत कदम नेपालले भैरहवामा आयोजना गरेको न्याय र सुरक्षा जिल्ला स्तरीय सरोकारवालाहरुसंगको समिक्षा बैठकमा उनले समाज परिवर्तन गर्न प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न संघ संस्थाहरु लाग्नु पर्ने बताएकी हुन् ।

अझै पनि समाजमा लैंगिक विभेद कायमै रहेको र यसको न्युनिकरण गर्न सबै एक जुट हुनुपर्ने उनको भनाई छ । हिंसा रहित समाज निर्माण गर्न प्रदेश सदस्यको तर्फबाट आफुले अहम भुमिका खेल्ने भन्दै उनले अब प्रदेशमा बन्ने विभिन्न खालका बिधयकमा सबैको सल्लाह र सुझावको खाँचो रहेको बताईन् ।

कार्यक्रममा गैडहवा गाउँ पालिकाका अध्यक्ष बच्चुलाल केवटले कदम लेपालले गरेका कार्यक्रमले विपन्न सिमान्तकृत समुदाय र फरक पहिचान भएको (यौनिक तथा लैंगिक अल्पसंख्यक ) समुदायलाई सुरक्षा र न्यायको बारेमा केहि हद सम्म राहत मिलेको सुनाए । उनले अबका दिनमा यस्ता खालका कार्यक्रम गर्न स्थानीय र प्रदेश सरकारले सहयोग गर्नु पर्ने बताए ।

समाजले फरक दृष्टिले हेर्ने गरेको फरक पहिचान भएको (यौनिक तथा लैंगिक अल्पसंख्यक ) समुदायलाई कदम नेपालले समान रुपमा कार्यक्रममा सहभागी गरेर उदाहरणीय काम गरेको अध्यक्ष केवटको भनाई छ । उनले आउदा दिनमा अरु सरकारी तथा गैरसरकारी संघ संस्थाले यो समुदायलार्य छुटाउन नहुने बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नं. ८ का वडा सदस्य उमेश (थापा) लाटामगरले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई संघ संस्थाका साथसाथै संचार माध्यमले पनि पत्रकारिता गर्न चाहानेलाई उचित स्थान दिनुपर्ने बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गर्ने तालिममा यो समुदायलाई सहभागी गनु पर्ने र यो समुदमयको बिषयमा संचार माध्यमले पनि सकारात्मक वकालत संगै समाचार संप्रेषण गर्नु पर्ने बताएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.