निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एलजीबीटीआईसम्बन्धी चलचित्र प्रदर्शन

एलजीबीटीआईसम्बन्धी चलचित्र प्रदर्शन

681
SHARES

काठमाडौं (पहिचान) कार्तिक १९ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका व्यक्तिलाई अहिले पनि केही चलचित्रमा हाँसोको पात्रका रुपमा देखाउन छोडिएको छैन । हुन त पहिला भन्दा अहिले परिस्थिति फेरिएर केही परिवर्तन आउन थालेको छ । नयाँ बनेका केही चलचित्रमा समलिंगी, तेस्रोलिंगीलाई नै अभिनयको अवसर दिइएको छ ।

चलचित्रमा देखाइने दृष्यले मानिसको सोचमा परिवर्तन ल्याउन सकिने विश्वासका कारण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे बनेका चलचित्र प्रदर्शन गरिएको छ । बृटिस काउन्सिलको सहयोगमा फोटो काठमाडौंले एलजीबीटीआई समूदायबारे जनचेतना जगाउन छोटा चलचित्रको प्रदर्शनी गरेको हो ।

समलिंगी पुरुष अनुज पिटरको बास्तविकतामा आधारित रहेर बनेको स्वीकार चलचित्रसँगै बेलायतमा प्रदर्शन भएका एलजीबीटीआईसँग सम्वन्धित चलचित्र प्रदर्शन गरिएको हो । ‘हामीलाई हाँसोको पात्रका रुपमा मात्रै लिइन्थ्यो नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले भनिन्, यसरी समूदायका सदस्यलाई स्वीकार गर्ने खालका चलचित्रको प्रदर्शनले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन मद्धत गर्छ ।’ पछिल्लो समय तेस्रोलिंगी भूमिका श्रेष्ठले चलचित्रमा गरेको अभिनय र अञ्जली लामाले अन्तराष्ट्रिय स्तरमा गरेको मोडलिङ उदाहरण नै बनेको ढकालले बताइन ।

समलिंगी पुरुष अनुज पिटरले बैबाहिक अधिकारको कानून बन्नु पर्ने बताए । आफू समलिंगी सम्बन्धमा रहेपनि कानून नबन्दा आफ्नो जीवन साथी हो भनेर चिनाउन नपाएको गुनासो गरे । बृटिस काउन्सिलले नेपालमा पहिलो पटक एलजीबीटीआईसम्बन्धी ९ वटा चलचित्र प्रदर्शन गरेको हो ।

समाचार शेयर गर्नुहोस्
681
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.