निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

डोटीमा एक जना तेस्रोलिंगीको निधन

डोटीमा एक जना तेस्रोलिंगीको निधन

866
SHARES

काठमाडौं (पहिचान) कार्तिक २७ – डोटीका तेस्रोलिंगी करन खड्काको निधन भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कार्यालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका खड्काको हृदयघातका कारण निधन भएको खप्तड इन्द्रेणी सेवा समाजका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

खड्काको घरमै हृदयघात भएको र अस्पताल लैजाने क्रममा निधन भएको श्रेष्ठले बताए । ‘समाजमा खड्का तेस्रोलिंगी महिलाको पहिचानमा थिए । हामीले उनलाई करिना भनेर बोलाउथ्यौ श्रेष्ठले भने, करिनाको निधन भएकोमा दुख लागेको छ ।’

डोटीमा २०७३ सालमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रको कार्यक्रम संचालन हुँदा खड्काले धेरै सहयोग गरेको अन्तरलिंगी अधिकारकर्मी बिपिन कडायतले बताए । ‘कार्यालय स्थापना, यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तिको अभियान संचालन गर्दा खड्काले सहयोग गरेका थिए कडायतले पहिचान अनलाइनसँग भने, उनी एकदमै मिलसार थिए ।’

खड्का सहितका अरु यौनिक तथा लैंगिक अल्पसंख्यक पहिलेदेखि नै खुलेर बसेकाले त्यति बेला आफूलाई कार्यक्रम निरीक्षक भएर काम गर्र्न सजिलो भएको बताए । आज एक्कासी मृत्युको खबरले भाबुक छु कडायतले भने हामीले चाहेर पनि रोक्न नसकिने मृत्युु अब उनको आत्माको चिर सान्तिको कामना बाहेक केहि गर्न सक्दैनौं ।

खप्तड ईन्द्रेणी सेवा समाज परिवारले पनि तेस्रोलिंगी महिला खड्काको निधन प्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेको छ । तेस्रोलिंगी अधिकारकर्मी निरन चौधरीले करिनाको निधन प्रति दुख व्यक्त गरेकी छन् ।

समाचार शेयर गर्नुहोस्
866
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.