राज्यबाटै मानवअधिकार विहिन हुनु परेको समलिंगी तेस्रोलिंगीको गुनासो

राज्यबाटै मानवअधिकार विहिन हुनु परेको समलिंगी तेस्रोलिंगीको गुनासो

रुपन्देही (पहिचान) मंसिर २४ – ७० औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अबसरमा बुटवलमा प्रदेश ५ सरकार र मानवअधिकारको पक्षमा काम गर्ने बिभिन्न संघ संस्थाले प्रभातफेरि निकालेका छन् । बुटवलको राजमार्ग चौरहाबाट शुरु भएको ब्याण्डबाजा सहितको प्रभातफेरि अस्पताललाइनमा पुगेर सभामा परिणत भयो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश ५ का वन वातावरण उद्योग पर्यटन मन्त्री लिला गिरीले प्रदेश सरकारले मानवअधिकारमैत्री कानुन बनाउने प्रतिबद्धता जनाए । दिगो विकास र मानवअधिकारः नेपालीको मूल आधार’ भन्ने नाराका साथ दिवस मनाइएको हो । लामो समयदेखि नेपाली जनताले अन्यायका बिरुद्ध लडेको स्मरण गर्दै अबको पुस्ता लैंगिक, जातीय, बर्गिय रुपमा अन्यायमा पर्न नहुने मन्त्री गिरीको धारणा छ ।

मोनो सपोटिङ म्यपल ग्रुप रुपन्देहीका अध्यक्ष तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले सरकारने मानवअधिकारको जपत कुरा गरे पनि समलिंगी तेस्रोलिंगीहरु राज्यबाटै मानवअधिकार बिहिन हुनु परेको गुनासो गरिन । ‘दुई तिहाइको सरकार भएको हाम्रो देशमा समलिंगी, तेस्रोलिंगीहरु अधिकार नपाएर पानी बिनाको माछा जस्तै तड्पिएर बाच्नु पर्ने कस्तो बिडम्ब्नना’ उनले भनिन ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ट उपसभापति गोबिन्द खनालले राज्य नै मानवअधिकारको बिपक्षमा उभिएको आरोप लगाए । राज्यले निर्मला काण्डको हत्यारा पत्ता लगाउन आलटाल गरेको भन्दै निरीह गृहमन्त्रीले काम गर्न सकिन भन्दै हासीहांसी राजीनामा दिनुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबी आचार्य, मानवअधिकार आयोग प्रदेश ५ का प्रमुख पवन कुमार भट्ट, मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपी खनाल, इन्सेक रुपन्देहीका प्रतिनिधि रिमा बिसी, शान्ति समाजका सचिब अर्जुन ज्ञवाली लगायतले मानव अधिकार माग्ने र कसैले दिने चीज नभएकाले राज्यले जनतालाई मानव अधिकारको प्रत्याभूति दिलाउनुपर्ने बताए ।

प्रदेश न ५ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मानवअधिकार आयोग प्रदेश ५ कार्यालय, मानवअधिकार तथा शान्ति समाज रुपन्देही, नील हिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) लगायतका संघसंस्थाले प्रभातफेरि निकालेका हुन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.