प्रधानमन्त्री ओलीलाई पन्तको खुल्ला पत्र

प्रधानमन्त्री ओलीलाई पन्तको खुल्ला पत्र

काठमाडौं (पहिचान) पुस ३ – पूर्व सभासद् एवं यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका अभियन्ता सुनिलबाबु पन्तले आफुनो समूदायको हक अधिकार रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला पत्र लेख्दै पन्तले सर्वोच्च अदालतले समेत आफूहरुको हक अधिकार रक्षा गर्न आदेश दिईसकेको अवस्थामा सरकार पटक—पटक किन विफल भयो ? भन्दै प्रश्न गरेका छन ।

संबिधानले समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका हक अधिकार प्रत्याभूत गरेको अवस्थामा सरकारले यसलाई वेवास्ता गरेको पन्तको गुनासो छ । सरकारले अल्पसङ्ख्यक समूदायको अधिकार रक्षाका लागि संघ, प्रदेश र स्थानीय तहसम्म कुनैपनि कार्यक्रम तथा बजेटको व्यवस्था नगरेको भन्दै पन्तले आपत्ति समेत जनाएका छन् ।

अल्पसङख्यकको हक अधिकारको लागि सरकारले शून्य सहनशिलता अपनाउने भनेपनि नीति तथा कार्यक्रम, बजेट, रोजगारी, शिक्षा र समग्र विकासका लागि कुनैपनि काम नगरेको प्रधानमन्त्री ओलीलाई पन्तले खुल्ला पत्र लेखेर ध्यानाकर्षण गराएका छन् ।

मुलुकमा लामो संघर्षपछि ठुलो परिवर्तन भएको तर यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका लागि गणतन्त्रले केही गर्न नसकेको भन्दै पन्तले सबै समुदायको हक अधिकारमा नचुक्न सरकारलाई आग्रह गरेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.