मण्डलामा समलिंगीको कथा ‘साथिको कथा’

मण्डलामा समलिंगीको कथा ‘साथिको कथा’

काठमाडौं (पहिचान) पुस ३ – मण्डला थिएटरमा साथिको कथा नाटक मञ्चन हुने भएको छ । समलिंगी महिलाको कथा रहेको यो नाटक पुस ६ गतेदेखि २२ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ ।

भारतीय लेखक विजय तेन्दुलकरको मित्राची गोष्टको नेपाली अनुवाद साथिको कथा रेनुका कार्कीले निर्देशन गरेकी हुन् । भारतमा निकै विवादास्पद भएको यो नाटक पहिलोपटक सन् १८८१ मा मञ्चन भएको थियो । सागर चन्दले अनुवाद गरेको यो नाटक पहिलोपटक नेपालमा मञ्चन हुन लागेको हो ।

नाटकले त्रिकोणात्मक प्रेमकथा मार्फत समलिंगी सम्बन्ध र यसका आयामलाई देखाउने प्रयास गरेको बताउँछिन निर्देशक रेनुका कार्की ।
नेपाली समाजले अझै पनि समलिंगी सम्बन्धलाई सहजै नलिने बताउँदै निर्देशक कार्की भन्छिन, ‘लैगिंक पहिचान प्राकृतिक कुरा हो भन्ने बुझाउन यो नाटक सहयोगी बन्ने छ ।’

नाटकमा आयुस प्याकुरेल, सुस्मा निरौला, अनिल सुब्बा, शारदा अधिकारी र सूर्यमान लिम्बुको अभिनय रहेको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.