निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगी समुदायद्वारा बृद्धबृद्धालाई न्यायो लुगा र फलफुल वितरण

तेस्रोलिंगी समुदायद्वारा बृद्धबृद्धालाई न्यायो लुगा र फलफुल वितरण

632
SHARES

कञ्चनपुर (पहिचान) पुस ९ – कञ्चनपुरमा रहेका समलिंगी तेस्रोलिंगी समुदायद्वारा बृद्धआश्रम रौटेलामा रहेका वृद्ध वृद्धालाई न्यानो लुगा टाउजर, सल र फलफुल वितरण गरेका छन् ।

सकारात्मक परिवर्तनका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायद्धारा कञ्चनपुरको महेन्द्रनगर दैउसी भैलो कार्यक्रमबाट संकलन भएको केही रकमबाट बृद्धबृद्धलाई न्यानो कपडा वितरण गरेका हुन ।

समाजमा समलिंगी तेस्रोलिंगी समुदायहरुको लागि लाञ्छना, भेदभाव न्युनिकरणका गर्न तथा समाजमा परिर्वतन ल्याउन रौटेलामा रहेको वैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका १७ जना बृद्धा महिला तथा ६ जना बृद्ध पुरुष गरी २३ जनालाई एकएक जोर न्यायो कपडा, सल, टाउजर तथा फलफुल वितरण गरेको सहयात्रा नेपालकी अध्यक्ष अनिषा धमलाले जानकारी दिइन।

तेस्रोलिंगी समुदायलाई मात्रै नभई अन्य समुदायलाई पनि निरन्तर प्रयासका साथै आगामी दिनमा गरिने कार्यक्रमबाट संकलन भएको केहि रकम समाज सेवा लगायतका अन्य समाजमा रहेका विकृति विसंगतिको विरुद्धमा पनि आफुहरुले सधै अग्रसर रहेर त्यसको विरद्धमा आवाज उठाउने तेस्रोलिंगी महिला अरुण सुवेदीले बताइन ।

न्यानो कपडा टाउजर, सल तथा फलफुल वितरण कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष अनिसा धमला, अरुण सुवेदी, अञ्जली क्षेत्री लगायतको उपस्थिती थियो ।

समाचार शेयर गर्नुहोस्
632
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.