निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“आन्दोलन नगरी अधिकार प्राप्त गरेको सुनेको र पढेको छैन”

“आन्दोलन नगरी अधिकार प्राप्त गरेको सुनेको र पढेको छैन”

922
SHARES

काठमाडौं (पहिचान) पुस १५ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्य कमलबाबु चन्द ठकुरीले विवाहको अधिकार पाउनु पर्ने बताएका छन् । मुलुकी ऐन देवानी संहितामा विवाहको अधिकार उल्लेख नभएकोमा दुख व्यक्त गर्दै उनले विवाहको अधिकार पाए अरु अधिकार स्वत प्राप्त हुने उल्लेख गरेका छन् ।

पहिचान अनलाइनको फेसबुक पेजमा ठकुरीले पठाएको सन्देशमा ‘मुलुकी ऐन २०७४ मा यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजिबिटिआई) हरुले अन्य सरह विवाहको कानूनी मान्यता पाउनुपर्ने सहितको ऐन आउँछ भन्नेमा हामी सबै समुदायका नागरिक पुर्णरुपमा आशाबादी थियौ’ लेखिएको छ । तर त्यसो नहुँदा लाखौ समलिंगी, तेस्रोलिंगी (पुरुष र महिला), दुईलिंगी र अन्तरलिंगी व्यक्तिहरु फेरि उहीँ पीडा र भोगाईबाट बिक्षिप्त हुनुपर्ने अबस्था आएको उनले उल्लेख गरेका छन् ।

समलिंगी विवाहले कानूनी मान्यता नपाएसम्म समुदायका हरेक व्यक्तिहरुको भविष्य सुनिश्चित नहुने उनको तर्क रहेको छ । विवाहले कानूनी मान्यता पाउने हो भने अरु कुरा स्वत प्राप्त हुने ठकुरीको भनाई छ ।

‘त्यसैले जति पनि यो समुदायको लागि संघ संस्था र निकायहरु छन, ती निकाय मार्फत छरिएर रहेका एलजिबिटिआईहरु एकजुट भएर खुलेर विवाहलाई महिला पुरुष सरह कानूनी मान्यता दिनुपर्छ भन्ने मुख्य एजेन्डा बनाएर आफ्नो हकहितको लागि आन्दोलन गर्नुपर्छ उनले लेखेका छन् हैन भने यो सरकारले सुन्नेवाला, सच्याउनेवाला र बनाउनेवाला छैन ।’

‘किनकी यो देशमा बिना आन्दोलन र बिना सडक संघर्ष कुनै पनि क्षेत्रका मान्छेले अधिकार पाएको मैले सुनेको र पढेको छैन’ उनले लेखेका छन् । सन्देशको अन्त्यमा जय एलजिबिटिआई लेखेका ठकुरीले आफू हाल देश बाहिर रहेको जनाएका छन् ।

समाचार शेयर गर्नुहोस्
922
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.