निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगीहरुलाई विवाहको कानूनबाट बञ्चित गरेकोमा आपत्ती

समलिंगीहरुलाई विवाहको कानूनबाट बञ्चित गरेकोमा आपत्ती

621
SHARES

रुपन्देही (पहिचान) पुस १८ – समलिंगी महिला पुजा थापाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरु संकटमा परेको बताएकी छन् । सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको भन्दै थापाले यस्तो बताएकी हुन् ।

‘नेपालको राष्ट्रिय गीतमा “सयौ थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने शब्द उल्लेख हुनुले पनि नेपालमा अनेक थरी, अनेक जाती, अनेक भाषा भाषी र अनेक लैंगिक पहिचान भएका नागरीक छन् उनले भनिन्, तर जती थरीका नागरिक भए पनि आखिर सबै नेपाली नै हुन् ।’

‘सबैको अधिकार बराबर हुनुपर्छ, सबै नागरिकलाई एउटै दृष्टिले हेरिनु पर्छ, तर सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई विभेद गरिरहेको छ’ थापाले भनिन् ।

थापाले आफू विगत ११ वर्ष देखि समलिंगी सम्बन्धमा रहेको उल्लेख गर्दै सरकारले समलिंगीहरुलाई विवाहको कानूनबाट बञ्चित गरेकोमा आपत्ती जनाइन । सरकारले समलिंगी विवाहको कानून बनाउन आलटाल गर्दा आफूहरुलाई घर परिवार र समाजमा आफ्नो पहिचान खुलाएर हिड्न सकस भएको उनको गुनासो छ ।

पहिचान अनलाइनसंग संक्षिप्त कुरा गर्दै थापाले दातृ निकायहरुको आर्थिक सहयोगमा अधिकार प्राप्तिको लडाई लडिरहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरु केही महिना यता दातृ निकायले सहयोग नगर्दा झनै संकटमा परेको उल्लेख गरिन ।

थापाले आफूहरुले बच्चा एडप्ट्ड गरेको र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि बच्चा एडप्ट्ड गर्न पाउने कानूनमा उल्लेख नहुदाँ बच्चाको भविष्य बिग्रने चिन्ता समेत व्यक्त गरिन ।

नेपाल सरकारको स्पष्ट कानुन नहुनु र दातृ निकायले सहयोग गर्नमा हात झिक्नुले पनि आफूहरु संकटमा परेको बताएकी छन् । ‘बच्चा एडप्ट्ड गरेको १० महिना भयो पालन पोषण गर्ने कुनै आम्दानीको स्रोत छैन’ थापाले भनिन् ।

समाचार शेयर गर्नुहोस्
621
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.