जेन धर्ममा महिला, पुरुष र तेस्रोलिंगी

जेन धर्ममा महिला, पुरुष र तेस्रोलिंगी

काठमाडौं (पहिचान) माघ ६  – जेन धर्ममा महिला, पुरुष र तेस्रोलिंगीका वारेमा विस्तरमा उल्लेख गरेको पाइन्छ। हेरौं केहि शब्दहरु र तिनका अर्थ:
१) द्रब्य सरिर  ‍: भौतिक सरिर, physical body
२) भाव सरिर : मानिशिक सरिर, psychological body
३) द्रब्य लिङ्ग : भौतिक लिङ्ग (वा यौन अंग), biological sex
४) भाव लिङ्ग : मानिशिक लिङ्ग (वा सामाजिक लिङ्ग पनि भन्ने गरिन्छ), gender
५) पुरुष : पुरुष, man
६) स्त्री : महिला, woman
७) तेस्रोलिंगी :  तेस्रोलिंगी, third gender
८)नपुंसक : जो पुरुष होइन not a man (खास गरी महिलाको भेषमा बस्नेलाई जनाउंछ, male transvestite),  (त्यस्तै पाण्डक र क्लिव भन्ने शब्दहरु पनि प्रयोग भएको पाइन्छ)
९) पुरुष नपुंसक : पुरुषकै भेषमा बस्ने र पुरुष जस्तै देखिने नपुंसक
१०)पुरुषवेद : महिला तिर आकर्शित हुने पुरुषको भावना (male hetero sexuality)

११) स्त्रीवेद : पुरुष तिर आकर्शित हुने महिलाको भावना (female hetero sexuality)
१२) नपुंसकवेद : पुरुष तिर आकर्शित हुने तेस्रोलिंगीको भावना (male third gender’s sexuality)
१३) मैथुनाभिलाशा : यौन आकर्षणको भाव वा यौनिकता, sexuality
१४) पुरुषयूग: पुरुष-पुरुषको मिलन,  male homosexual sex
१५) स्त्रीयूग: महिला-महिलाको मिलन female homosexual sex
१६) पुम्सकामना : पुरुषको चाहाना राख्नु, desire for men
१७) पदिसेवति : मैथुनमा सकृय भुमिका खेल्ने व्यक्ति, active
१८) पदिसेवावति :मैथुनमा निस्कृया भुमिका खेल्ने व्यक्ति, passive
भिक्षु, भिक्षणीका लागि ध्यानमा राखेर, अधिकांश पुरुषहरुद्वारा, लेखिएका धर्म ग्रन्थहरुमा तेस्रोलिंगीको अस्थित्व स्विकार गरिएको भएता पनि  भिक्षु, भिक्षणी बन्नकालागी प्राय: निशेध गरिएको पाईन्छ।
सबै खाले मैथुनाभिलाशा (अर्थात यौनि आकर्शण) लाई आध्यातमिक मार्गको वाधा भनिएको छ, यसमा पनि स्त्रीवेद (पुरुष तिर आकर्शित हुने महिलाको भावना) लाई गोवरको गुंइठाको आगोसंग तुलना गरिएको छ, त्यस्तै पुरुषवेदलाई जंगलको आगो भनिएको छ भने नपुंसकवेदलाई पुरै सहरमा लागेको आगोसंग तुलना गरिएको छ। तेस्रोलिंगीहरु वा समलिंगीहरुमा मैथुनाभिलाशा आति तिब्र हुन्छ भनिएको छ। तिनै खाले वेदहरु (स्त्री, पुरुष वा नपुंसक वेदहरु) पित्त, कफ वा वात दोषका कारण हुने उल्लेख छ अर्थात सबैखाले मैथुनाभिलाशा (sexuality) लाई विमारीको रुपमा हेरिएको पाइन्छ।
माथिका यी सब्दहरुलाई ध्यानमा राखेर, धर्म ग्रन्थमा छुटेका शव्दहरु, यस्ता हुने थिए:
१) पुम्सकामी : पुरुष रुचाउने पुरुष, homosexual man
२) पुम्सकामिनी : पुरुष रुचाउने महिला heterosexual woman
३) स्त्री कामी : महिला रुचाउने पुरुष heterosexual man
४) स्त्रीकामिनी : महिला रुचाउने महिला homosexual woman
५) पुरुषयोगि : समलिंगी पुरुष, gay
६ स्त्रीयोगिनि : समलिंगी महिला, lesbian
७) नास्त्रीक : जो महिला होइन (not a woman) (पुरुषको भेषमा बस्ने महिला, female transvestite)
८) स्त्री नास्त्रीक : महिलाको भेषमा बस्ने महिला जस्तै देखिने नास्त्रीक
९) नास्त्रीकवेद : महिला तिर आकर्षित हुने नास्त्रीकको भावना (female third gender’s sexuality)
(पन्त यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पहिलो संबिधान सभाका सभासद् हुन )

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.