ग्रेटर नेपालले ‘तेस्रोलिंगी जस्तो’ भनेर दिएको अभिव्यक्ति प्रति पन्तको आपत्ती

ग्रेटर नेपालले ‘तेस्रोलिंगी जस्तो’ भनेर दिएको अभिव्यक्ति प्रति पन्तको आपत्ती

962
SHARES

काठमाडौं (पहिचान) माघ ७ – पूर्व सभासद् सुनिलबाबु पन्तले तेस्रोलिंगीको प्रतिनिधित्व नभएको सरकार र संसदलाई तेस्रोलिंगी जस्तो भनेर अभिव्यक्ति दिएकोमा आपत्ती जनाएका छन् । ग्रेटर नेपालले भारतमा गाभिएको नेपाली भूभाग फिर्ता ल्याउन नसकेको भन्दै सरकार र संसदलाई तेस्रोलिंगी जस्तो भनेर दिएको अभिव्यक्ति प्रति पन्तले आपत्ती जनाएका हुन् ।

‘तेस्रोलिंगीहरुलाई हाँसोको पात्र वा गालीको पात्र बनाएर देश ठूलो हुने र देशको विकास हुने वा देशको मान सम्मान बढ्ने भए जति सक्नुहुन्छ गाली गर्नुस शुभकामना छ पन्तले भने, यसमा हामी तेस्रोलिंगी समूदायको पनि शुभकामना छ ।’ तर, कसैलाई तेस्रोलिंगी जस्तो भनेर आफ्नो जिम्मेवारीबाट पञ्छिने उपाय मात्रै भएको पन्तले बताए ।

पन्तले गालीको रुपमा नेता, मन्त्री, सरकार र संसदलाई ‘तेस्रोलिंगी जस्तो’ भन्ने गरिएकोमा आपत्ती जनाए । जबकी सबैलाई थाहा छ, सरकार र सरकारी निकायमा एक जना पनि तेस्रोलिंगी छैनन पन्तले भनेका छन् । ‘धेरै नेताहरुले पनि अर्को नेताहरुलाई गाली गर्न यसै भन्छन ‘कस्तो तेस्रोलिंगी’ जस्तो फलानो नेता वा मन्त्री, तेस्रोलिंगीको सरकार, तेस्रोलिंगीको सांसद आदि आदि भनेर किन गाली गरिन्छ ?’ पन्तले प्रश्न गरेका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता समेत रहेका पन्तले यसरी एक सिमान्तकृत र अल्पसंख्यक समूदायलाई सम्मान गर्न नसक्नेले कसरी देशको विकास गर्छ ? कसरी बनाउँछ ग्रेटर नेपाल ? भनेर थप प्रश्न गरे ।

उनले अब यस बिषयमा मिडिया, नागरिक समाजले बहस गर्नु पर्ने बताए । यस्ता अभिव्यक्तिहरुले आला काँचा भिडलाई उत्तेजित पार्ने बाहेक केही उपलब्धी नगर्ने पन्तले दावी गरेका छन् ।

‘अब मुलधारका मिडियाहरुले, नागरिक समाजले बहस गर्नुपर्छ, यस्ता अभिव्यक्तिलाई स्थान दिने कि नदिने भनेर ? पन्तले भनेका छन्, नत्र यस्ता अभिव्यक्तिहरुले आला काँचा भिडलाई उत्तेजित पार्ने बाहेक केही उपलब्धी गर्दैन, तर तेस्रोलिंगी समूदायलाई थप सिमान्तकृत भने बनाइरहन्छ ।’

समाचार शेयर गर्नुहोस्
962
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.