यौनिक अल्पसंख्यकलाई सहयोग गर्न तयार रहेको जनप्रतिनिधिहरुको प्रतिवद्धता

यौनिक अल्पसंख्यकलाई सहयोग गर्न तयार रहेको जनप्रतिनिधिहरुको प्रतिवद्धता

ललितपुर (पहिचान) माघ १७ – ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । महानगरपालिका वडा नम्वर १४ को तिखेदेवलमा मितिनी नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले आफ्नो तर्फबाट गर्न सक्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताएका हुन् ।

समलिंगी विवाहबारे भने उनीहरुले कानून नबनेका कारण चाहेर पनि विवाह दर्ता र सिफारिस गर्न समस्या रहेको बताए । उनीहरुले समलिंगी विवाहबारे सरकारले नै छिटो भन्दा छिटो पहल गर्नुपर्नेमा जोड दिए । ‘सरकारले पहल गरेर कानून बनाए आफूहरुले गर्न सक्ने सहयोग गर्न तयार छौ’ उनीहरुले भने ।

वडा सामुदायिक प्रहरी नायव निरीक्षक फुल कुमारी पौडेलले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुमा हुने यौन हिंसा अन्त्यका लागि हातेमालो गर्न तयार रहेको बताइन । यौनिक तथा लैंगिक अल्पसंख्यकहरु चाहेर नभइ जन्म सिद्ध आफ्नो शारीरिक बनावट र यौनिकता लिएर आउने भएकाले उनीहरुलाई विभेद होइन सम्मान गर्नुु पर्ने उनको भनाई छ ।

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी र महिला स्वयंसेवीहरुले आफुहरुले काम गर्ने दौरानमा अन्तरलिंगी बालबालिकाकोे जन्म भएको आफैले देखेको बताए । उनीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु पनि समाजको एक अंग भएको र उनीहरुलाइ पनि ईच्छाए अनुसारको जीवनयापन गर्न पाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले समलिंगी विवाहलार्ई सरकारले मान्यता नदिदा समस्या भोग्नु परेको बताइन । उनले जन्मसिद्ध पाउने मानवअधिकार एवं मौलिक हकबाट आफुहरु बञ्चित हुनु परेको बताइन । कार्यक्रममा मितिनी नेपालकी महासचिव सरिता केसीले छिछि र दुरदुर होइन माया र ममता दिन सबैसँग अनुरोध गरिन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.