मानवअधिकार रक्षकलाई सुरक्षा सम्बन्धी तालिम

मानवअधिकार रक्षकलाई सुरक्षा सम्बन्धी तालिम

काठमाडौं (पहिचान) फागुन १ – मानवअधिकार रक्षकलाई कार्यक्षेत्रमा अपनाउने सुरक्षा सम्बन्धी तालिम दिइएको छ । शान्तिका लागि साझा अभियान कोक्याप नेपालले मानवअधिकार रक्षकहरुको सुरक्षाका लागि दुई दिने तालिम दिएको हो ।

मानवअधिकार हननका घटनाको निरीक्षण गर्दा पीडक र पीडित दुवैको कुरा सुनेर सम्वन्धित निकायमा सिफारिस गर्न मानवअधिकार रक्षकहरुलाई सिकाइएको कोक्यापकी तालिम तथा पहुँच अधिकृत अम्बिका पौडेलले जानकारी दिइन । ‘मानवअधिकार रक्षकहरुले निर्णय गर्ने होइन उनले भनिन्, न्यायका लागि सम्वन्धित निकायमा सिफारिस गर्नुपर्छ ।’

तेस्रोलिंगीको अधिकार संबिधानमा लेखिएको बताउँदै उनले कार्यान्वयनका लागि दवाव दिनु पर्ने बताइन । कानून कार्यान्वयनका लागि सबैको सहयोगमा दवाव दिनुपर्ने उनको भनाई छ । तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले तेस्रोलिंगी भएकै कारण विभेदमा पर्नुपर्ने अबस्थामा रहेको बताइन । उनले तालिमपछि पीडित र पीडक दुवैको कुरा सुनेर मानवअधिकार हनन विरुद्ध सिफारिस गर्ने बताइन ।

अन्तराष्ट्रिय शान्ति सल्लाहकार बेलायती नागरिक डेरेक वोक्लेले तराईका जिल्लामा मानवअधिकार हननका घटना धेरै भएको पाइएको बताए । प्रदेश नम्वर २ र ५ का तराईका जिल्लामा बालबिबाह, बलात्कार, लैंगिक हिंसाका घटना धेरै भएको पाइएको ओक्लेले बताएको तालिम अधिकृत अम्बिका पौडेलले जानकारी दिइन । तालिममा कपिलबस्तु, नवलपरासी र रुपन्देहीका २० जना सहभागी थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.