कुटपिटबाट घाइते तेस्रोलिंगी जुनुको मृत्यु

कुटपिटबाट घाइते तेस्रोलिंगी जुनुको मृत्यु

काठमाडौं (पहिचान) फागुन २६ – एक जना व्यक्तिको कुटपिटबाट घाइते तेस्रोलिंगी जुनु गुरुङको मृत्यु भएको छ । शुक्रबार बेलुका लाजिम्पाटको एक होटलमा सामान्य विवाद हुँदा भएको झगडामा कुटपिट हुँदा घाइते भएकी जुनुको आज मृत्यु भएको हो ।

कास्की लुम्लेकी जीवन गुरुङ (जुनु) लाजिम्पाटमा रहेको डेरामा मृत भेटिएकी प्रहरीले जनाएको छ । महानगरिय प्रहरी बृत्त दरवारमार्गको टोलीले घटनास्थलमा पुगेर मुचल्का उठाई शबलाई पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा लगेको छ । जुनुलाई कुटपिट गरेको शंकामा बृत्तले बिदेश कार्कीलाई सोधपुछका लागि नियण्त्रणमा लिएको र अनुशन्धान भइरहेको जनाएको छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले कार्कीको कुटाइबाट जुनुको मृत्यु भएको बताएका छन् । कार्कीले यसअघि पनि जुनुलाई कुटपिट गरेको उजुरी बृत्त दरबारमार्गमा दिएको उनीहरुले बताए । प्रहरीले भने उनको कुटपिटबाट हत्या भए नभएको पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने बताएको छ । जुनु नील हिरा समाजकी पूर्व कर्मचारी हुन् ।

जुनुका साथी सागर गुरुङका अनुसार शक्रबार बेलुका होटलमा खाइपिइ भइरहेको थियो । त्यसैक्रममा बिदेश कार्की र जुनुबीच भनाभन भयो । केहीबेरमै जुनुलाई कार्कीले कुटपिट गरे । जुनु घाइते भइन । उनमाथि कुटपिट भएको उजुरी प्रहरी बृत्त दरवारमार्गमा दिएर जुनुलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो । ट्रमाले आँखाको उपचार हुन नसक्ने बताएपनि जुनुलाई कोठामा ल्याइएको थियो । जुनु आज कोठामै मृत भेटिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.