अधिकार कानूनमा मात्रै सिमित

अधिकार कानूनमा मात्रै सिमित

काठमाडौं (पहिचान) फागुन २७ – हामी लामो समय देखि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको हक अधिकारको लडाइँमा छौ । हामी यो लडाइँमा होमिएको झन्डै दुई दशक हुन लाग्यो तर हामीले मागे जति अधिकार प्राप्त गरेका छैनौं । कानूनमा धेरै कुराहरू प्राप्त गरेका छौ तर कानूनमा मात्रै सिमित रहेको छ ।

हामी निरन्तर पहिचानको लडाइँमा छौ, एउटा मानवले पाउनुपर्ने सम्पूर्ण मौलिक हक पाउनु पर्छ । हामीले मागेको अधिकार ईच्छाए अनुसारको पहिचान र पहिचान अनुसारको जीवनयापन हो । हामी स्वतन्त्रता चाहान्छौ, हामी खुल्ला चाहन्छौ । हामी अहिंसा रहित समाज चाहान्छौ ।

हामीलाई कुनै जातिय राज्य चाहिएको होइन । हामी कुनै धर्मको नाराबाजी गरिरहेका छैनौ । हामीलाई कुनै अर्को संसार चाहिएको होइन र एउटा मानिसले पाउने आधारभूत आवश्यकता वस यति हो ।

हामी कुनै अर्को ग्रहबाट आएका एलियन होइनौं । पहिचान र यौनिकताको आधारमा अधिकार मागेको हो । हामी महिला पुरुष भन्दा छुट्टाछुट्टै मानिस होइनौं । मुटु दुईटा आखा चारवटा भएका र हातखुट्टा चारपाँच भएका मानिस होइनौं । हाम्रो पनि मन हुन्छ । हामीलाई पनि कसैसँग विवाह गरि बस्ने रहर हुन्छ ।

हामी असल समाज बिगार्ने, समाजमा समाजको नियम भन्दा बाहिर गएर आफ्नो गतिविधि देखाई तान्डप मच्चाउने कुनै अपराधी होइनौं । हामी स्वतन्त्र चाहान्छौ । विभेद र हिंसा होइन पहिचान अनुसारको अधिकार मात्रै मागेका हौ । मानव भन्दा परको अधिकार मागेका होइनौं ।

हामी गाउ समाज र देशलाई बिकासको बाटोमा लौजान खोज्ने मानव हौ । मात्र पहिचान अनुसार अधिकारको लागि स्वतन्त्र युद्ध गरेका हौ । कुनै विश्व युद्ध गरेको होइनौं । परराष्ट्रहरुसंग केहि सहयोगको लागि हात थापेका हौ । कुनै डलर छाप्ने मेसिन नै ल्याएका होइनौं । हामी त्यो आएको केहि रकमको एक एक पैसाको कर तिर्छौ । त्यो रकम हामी देशको नियम कानून अनुसार प्रयोग गर्छौ ।

हामी कानूनी अधिकार माग्ने मान्छे । कानूनको टाउकोमा टेकेर अर्को अधिकार माग्ने अधिकारकर्मी होइनौ । हामीलाई कठै ! बिचरा भनेर कठैको पात्र नबनाउनुहोस । कठै भनेर भन्ने सम्म कुनै सजाय भोगिरहेका छैनौ । बस पहिचानले समाजिक लिंग भन्दा अलि फरक मात्रै छौं चार हात चार खुट्टा अचम्मको मानव हामी होइनौं ।

✍विपिन कडायत अन्तरलिंगी अधिकारकर्मी हुन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.