आत्मसम्मानमा ठेस पुग्ने व्यवस्था खारेज गर्न डाक्टर भट्टराईको माग

आत्मसम्मानमा ठेस पुग्ने व्यवस्था खारेज गर्न डाक्टर भट्टराईको माग

काठमाडौं (पहिचान) चैत ४ – नयाँ शक्ति पार्टी नेपालले लैंगिक तथा यौनिक अल्पसंख्यक नागरिकको आत्मसम्मानमा ठेस पुग्ने गरी प्रस्तावित नागरिकता बिधेयकको प्रावधान खारेज गर्नुपर्ने माग गरेको छ । नयाँ शक्ति पार्टी, नेपाल संघीय सचिवालयको बैठकका निर्णय सार्वजनिक गर्न बिज्ञप्ती जारी गर्दै संयोजक डाक्टर बाबुराम भट्टराईले बिज्ञप्ती निकालेर प्रस्तावित नागरिकता बिधेयकको प्राबधान खारेज गर्न माग गरेका हुन् ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक भट्टराई लिंग परिवर्तनको प्रमाण पेश गर्दा लैंगिक तथा यौनिक अल्पसंख्यकको आत्मसम्मानमा ठेस पुग्ने उल्लेख गरेका छन् । उनले उनीहरुको आत्मसम्मानमा ठेस पुग्ने व्यवस्था खारेज गर्न माग गरेका हुन् ।

लैंगिक तथा यौनिक अल्पसंख्यक नागरिकको आत्मसम्मानमा ठेस पुग्ने गरी व्यवस्था गर्न लागिएको लिंग परिर्वतनको प्रमाण पेश गर्नु पर्ने प्रस्तावित नागरिकता विधेयकको प्रावधान खारेज हुनु पर्ने भट्टराईले निकालेको बिज्ञप्तीमा लेखिएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलकै क्रममा रहेको नागरिकता बिधेयकमा लिंग परिवर्तन गरेकालाई परिवर्तित लैंगिक पहिचान र नाममा नागरिकता दिने प्रावधान राखिएको छ । यो प्रावधानप्रति यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले असहमति जनाएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.