भ्रम हटाउन सचेतना तथा सशक्तिकरण कार्यक्रम संचालन

भ्रम हटाउन सचेतना तथा सशक्तिकरण कार्यक्रम संचालन

काठमाडौं (पहिचान) चैत ८ – सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु प्रति समाजमा रहेको भ्रम हटाउन सचेतना तथा सशक्तिकरण कार्यक्रम संचालन गरेको छ । चालु आर्थिक बर्षमा ३ लाख रुपैयाँ बजेट विनियोजन गरेर यो कार्यक्रम संचालन गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव भरत शर्माले जानकारी दिए ।

३ ठाउँ मध्ये अहिलेसम्म काठमाडौं र नवलपरासीमा सचेतना तथा सशक्तिकरण कार्यक्रम संचालन भइसकेको शर्माले बताए । कुन ठाउँमा कार्यक्रम संचालन गर्ने भन्ने छनौट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गर्ने गरेको उनको भनाई छ ।

‘समाजमा खुल्नुपर्छ, आफ्नो पहिचान दिनुपर्छ, समुहमा आवद्ध हुनुपर्छ र एकबद्ध भएर माग राख्नुपर्छ भन्ने कार्यक्रमको उद्धेश्य रहेको छ पहिचानसँगको कुराकानीमा उनले भने, समुदायको सशक्तिकरण र समाजलाई सचेतना गराउन यो कार्यक्रम संचालन भएको हो ।’

अघिल्लो आर्थिक बर्षमा मन्त्रालयले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि सीप मुलक कार्यक्रम संचालन गरेको थियो । २० जनाले गाडी चलाउन सिकेका थिए । त्यसमध्ये एक जनाले लाइसेन्स निकालेर गाडी चलाउछु भनेका थिए । सरकार जमानी बसेर गाडी खरिद गरिदिए चलाउँछु भन्ने उनको प्रस्तावमा बजेट जुटाउन नसकिएको उपसचिव शर्माले बताए ।

बजेट अभावका कारण यो बर्ष सीप मुलक तालिम दिन नसकिएको उनको भनाई छ । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकबारे जनचेतनाको स्तर कम भएको बताए । यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि छुट्टै नीति नबनेका कारण पनि व्यवस्थापनमा समस्या आएको उनको बुझाई छ । नीति निर्माण तहमा रहेकाहरुलाई बुझाउनु पर्ने आबश्यकता महसुस गरेपनि त्यो हुन नसकेको उपसचिव शर्माको भनाई छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.