तेस्रोलिंगी युवा समुहको रक्तदान

तेस्रोलिंगी युवा समुहको रक्तदान

रुपन्देही (पहिचान) बैशाख १४ – तेस्रोलिंगी युवा समुह रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । सामाजिक रुपान्तरणमा सहयोग पुर्याउन रक्तदान कार्यक्रम गरेको तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले जानकारी दिइन ।

रक्तदान कार्यक्रममा ११ जनाले रगत दान गरेका छन् । रक्तदान गर्नेहरुमा महिला, पुरुष र तेस्रोलिंगी रहेका रानाले जानकारी दिइन । तेस्रोलिंगी युवा समुहले अहिलेसम्म ४ पटक रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

समुहले आउँदा दिनमा पनि यस्ता सामाजिक काम गरिरहने प्रतिवद्धता जनाएको छ । समुहलाई नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र बुटवलले रक्तदान गरेकोमा प्रशंसा पत्र प्रदान गरेको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.