कोरियोग्राफर न्यौपानलेलाई युथ आइकोनिक अवार्ड

कोरियोग्राफर न्यौपानलेलाई युथ आइकोनिक अवार्ड

काठमाडौं (पहिचान) जेठ १ – तेस्रोलिंगी कोरियोग्राफर रेशम न्यौपाने युथ आइकोनिक अवार्डबाट सम्मानित भएका छन् । नेसनल युथ लिड अवार्डस् २०१९ अन्तर्गत मोफसलका तेस्रोलिंगी कोरियोग्राफर न्यौपाने युथ आइकोनिक अवार्डबाट सम्मानित भएका हुन् ।

ग्लोबल लिड नेटवर्कले राष्ट्रिय युवा परिषद् नेपालको सहकार्यमा विभिन्न क्षेत्रका लागि अवार्ड वितरण गरिएको हो । न्यौपानेले प्रदेश नम्वर ५ मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि जनचेतना जगाउने कार्यक्रम संचालन गर्दै आएका छन् । ‘म तेस्रोलिंगी भएर अवार्डबाट सम्मानित भएको होइन न्यौपानेले भने, आयोजकले युवाको व्यक्तित्व विकासमा सहयोग पुर्याएको भनेर मलाई सम्मान दिए ।’

फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यलाई मिष्टर भर्सटाइल अफ द इयर अवार्डबाट सम्मानित गरिएको छ भने इभेन्ट आयोजक एवं व्यवस्थापक धीरज तण्डुकार स्कील एण्ड म्यानेज्मेन्ट ट्रेनिङ विधा अन्तर्गत पुरस्कृत भएका छन् ।

फेसन शो तथा राष्ट्रिय र अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी कलेज अध्यापन, पर्सनालिटी लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई विभिन्न क्षेत्रमा उनको निरन्तर सक्रियता र उपलब्धीको कदर गर्दै मिष्टर भर्सटालिटी अफ द इयर अवार्ड प्रदान गरिएको छ ।

कार्यक्रममा अभिनेता विपिन कार्की, युवा व्यवसायी अलाइभ ग्लाइडर, संचार व्यवसायी सुमित प्रताप जंग बहादुर राणा, मोटिभेसनल स्पीकार सौनक भट्ट, गायिका त्रिशाला गुरुङ, मोफसलका फेसन कोरियोग्राफर रेशम न्यौपाने लगायत दुई दर्जन युवाहरु विभिन्न विधामा पुरस्कृत भएका तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.