‘अधिकार लिन साहस गर्नुपर्छ’

‘अधिकार लिन साहस गर्नुपर्छ’

ललितपुर (पहिचान) जेठ १७ – कुष्ठप्रभावित अपाङ्गता भएका व्यक्तिहरुले अधिकार लिनका लागि साहस गर्नुपर्ने बताएका छन् । द लेप्रोसी मिसन नेपालको सहयोगमा एसोसिएसन फर आइडिया नेपालले दिएको एक दिने कानूनी अधिकारसम्बन्धी तालिममा उनीहरुले आफूमा साहस हुनुपर्ने बताएका हुन् ।

कानूनी अधिकारबारे जानकारी लिएपछि गाउँ, समाज र स्थानीय तहमा निर्धक्क आफ्नो कुरा राख्न सक्ने भएको सहभागीहरुले बताए । उनीहरुले कानूनी अधिकारको तालिम देशैभर संचालन गर्न समेत आग्रह गरे ।

तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौडेलले अपाङ्गता भनेर सम्बोधन गर्न नहुने सुझाव दिए । उनले तथाकथित सवलाङ्गहरुले अपाङ्गता भनेको भन्दै फरक क्षमता भएका व्यक्तिले आफूसँग रहेको अतिरिक्त क्षमता चिनाउन सक्नुपर्ने बताए ।

शिक्षाविद् रामेश्वर पौडेलले कष्ठरोगबारे कक्षा ६ देखि १० सम्मको स्वास्थ्य र शारीरिक पुस्तकमा राख्नुले रोगबारेको भ्रम हटाउन मद्धत गर्ने बताए । उनले हरेस नखान आग्रह गर्दै औषधी खादा निको हुने कुष्ठरोग लुकाएर नबस्न आग्रह गरे ।

आइडिया नेपालका अध्यक्ष अमरबहादुर तिमल्सिनाले कुष्ठप्रभावित व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्दै अरु सरह सक्षम नागरिक बनाउने अभियानमा सबैको सहयोग आबश्यक रहेकोमा जोड दिए । सह कोषाध्यक्ष दिनेश बस्नेतले तालिममा सिकेका ज्ञान अरु माझ पुर्याएर व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए ।

अधिबक्ता विदुर कुमार थापाले देशमा इमान्दार प्रशासकको खाचो रहेको बताउँदै अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिएर मात्रै राज्य पञ्छिन नमिल्ने बताए । उनले आत्मसन्तुष्टी भन्दा ठूलो जित अर्को कुनै नभएको बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.