याङ र बिप्सवीलाई लिटील प्रिन्स एण्ड प्रिन्सेसको उपाधी

याङ र बिप्सवीलाई लिटील प्रिन्स एण्ड प्रिन्सेसको उपाधी

रुपन्देही (पहिचान) जेठ २० – लिटील प्रिन्स एण्ड प्रिन्सेस तिलोत्तमाको उपाधी याङ थापा र बिप्सवी क्षेत्रीले जितेका छन् । एड्भेन्ट नेपाल प्रा. लि.ले आयोजना गरेको प्रतियोगिताको फष्ट रनर अप आर्यन आचार्य र सन्ध्या ज्ञवालीले जितेका छन् । प्रतियोगिताको निर्णायकमा रचना क्षेत्री, यम पुन, आनिक राना मगर र मेनुका खनाल थिए ।

प्रतियोगिताको सेकेण्ड रनर अपको उपाधी बिप्लब क्षेत्री र क्यारोन गुरुङ, भ्युवर्स चोईसको उपाधी कृतिका बराल र अर्गनाईजर चोईसको उपाधी एन्जल दर्नालले पाएका तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले जानकारी दिइन । यस्तै फोटोजेनिकको उपाधी मिसमा श्रेष्ठ र बिप्लब क्षेत्री, ब्युटि बिथ अ प्रपोसको उपाधी बिज्ञा भट्टराई र बेष्ट वाल्कको उपाधी याङ थापा बिप्सवी क्षेत्रीले पाएका छन् ।

मोस्ट ट्यालेन्टतर्फ याङ थापा र प्रिया सुनार, मल्टी मिडियातर्फ आर्यन आचार्य र कृतिका बराल, मोस्ट डिसिप्लिनतर्फ बिप्लब क्षेत्री र कृतिका बराल, मोस्ट क्रियटिभतर्फ क्यारोन गुरुङ, मोस्ट कन्फिडेन्टतर्फ मिसमा श्रेष्ठले उपाधी पाएका छन् ।

यस्तै मोस्ट ब्युटिफुलतर्फ एन्जल दर्नाल, मोस्ट हेन्ड्समतर्फ याङ थापा, बेस्ट स्माईलतर्फ सन्ध्या ज्ञवाली र बेस्ट पर्सनालिटितर्फ एन्जल दर्नालले उपाधी पाएका छन् ।

उपाधी बिजेतालाई १० हजार नगद, प्रमाण पत्र, गिफ्ट हेम्पर्स सहभागी बालबालिकालाई डिजाईनर ड्रेस प्रदान गरिएको निर्णायकमा रहेकी तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.