निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नयाँ कर्मचारी भर्नाको बिज्ञापन नसच्याए आन्दोलन गर्ने अपाङ्ग महासंघको चेतावनी

नयाँ कर्मचारी भर्नाको बिज्ञापन नसच्याए आन्दोलन गर्ने अपाङ्ग महासंघको चेतावनी

912
SHARES

काठमाडौं (पहिचान) जेठ २० – राष्ट्रिय अपाङ्ग महासंघ नेपालले नयाँ कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले निकालेको बिज्ञपानप्रति आपत्ती जनाएको छ । आयोगको जेठ १५ गतेको सुचना अनुसार ९ हजार १ सय ६१ मा ३ जना मात्र अपाङ्गता भएका ब्यक्तिलाई आरक्षण गरिएकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आपत्ती जनाएको हो ।

महासंघका बरिष्ठ उपाध्यक्ष रमेश लामाले निजामती सेवा ऐनले अपाङ्गता भएका ब्यक्तिलाई ५ प्रतिशत आरक्षणको ब्यवस्था गरेको स्मरण गराउँदै नयाँ कर्मचारी भर्नाप्रति आपत्ती जनाएका हुन् । विज्ञप्तीमा यो विषयले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघिय महासन्धी, नेपालको संविधान २०७२ र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को उलंघन भएको उल्लेख छ ।

महासंघले बिज्ञापनमा उल्लेखित संख्या ९ हजार १ सय ६१ लाई १०० प्रतिशत मानी अपाङ्गता भएका ब्यक्तिले हालसम्म प्राप्त गरिरहेको ५ प्रतिशत आरक्षण कायम राखी सच्याएर दरखास्त आब्हान गर्न सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगको ध्यानकर्षण गराएको छ ।

महासंघले नेपालको संविधान २०७२ को धारा (४२) मा सामाजिक न्याय सम्बन्धी हकमा सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडा वर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ भन्ने ब्यवस्था रहेको उल्लेख गरेको छ ।

आयोगको बिज्ञापनमा संविधानमा उल्लेख भएको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई वेवास्था गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले लोक सेवा आयोगले पुनर्विचार गरि बिज्ञापन नसच्याए चरणबद्ध कडा आन्दोलनको घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

यो पनि हेर्नुहोस

समाचार शेयर गर्नुहोस्
912
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.