तेस्रोलिंगी जुनु हत्यामा बिदेश कार्की दोषी ठहर

तेस्रोलिंगी जुनु हत्यामा बिदेश कार्की दोषी ठहर

काठमाडौं (पहिचान) जेठ २० – जिल्ला अदालत काठमाडौंले तेस्रोलिंगी जुनु गुरुङको हत्यामा बिदेश कार्कीलाई दोषी ठहर गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले तेस्रोलिंगी जुनु हत्यामा कार्कीलाई दोषी ठहर गरेको हो ।

मुलुकी अपराध संहिता २०७४ को दफा १ सय ७८ बमोजिम कार्कीलाई सर्वस्वसहित जन्मकैदको सजायको माग दावी गरिएको अदालतले दफा १ सय ७९ बमोजिमको सजाय हुने फैसला गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

यो दफा अनुसार बिदेशलाई १० देखि १५ बर्षसम्मको जेल सजाय हुनेछ । जुनुका साथी सागर गुरुङका अनुसार होटलमा खाना खाने क्रममा बिदेश कार्की र जुनुबीच भएको भनाभनपछि कार्कीले जुनुलाई कुटपिट गरेका थिए । घाइते जुनुलाई उपचारका लागि उपचारका लागि ट्रमा सेन्टरमा लगिएकोमा ट्रमाले आँखाको उपचार हुन नसक्ने बताएपनि जुनुलाई कोठामा ल्याइएको थियो । जुनु गत फागुन २६ गते लाजिम्पाटमा रहेको उनकै कोठामै मृत भेटिएकी थिइन ।

जुनुको मृत्युको कारण पत्ता लगाउन दरवारमार्ग प्रहरीले नेपाल प्रहरीको बिधि बिज्ञान प्रयोगशालामा भिसेरा परीक्षण गर्न पठाएको थियो । प्रहरी भिसेरा परिक्षणको रिपोर्ट जिल्ला अदालतमा पठाएको थियो । कास्की लुम्लेकी जीवन गुरुङ जुनुका परिवार र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले कृटपिटबाट मृत्यु भएको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले बिदेश कार्कीलाई पक्रेर थुनामा राखेको थियो ।

जुनुका परिवार र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले जिल्ला अदालत काठमाडौंमा दायर गरेको रिटमा बिदेश कार्कीको कुटाइबाट जुनुको मृत्यु भएकाले कार्कीलाई सजायको फैसला भएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए ।

पीडित पक्षले अपराध संहिताको दफा १ सय ७८ बमोजिम सजाय हुनुपर्ने माग गरेको थियो । तर, अदालतले त्यो दफा अनुसार सजाय तोक्नु पर्ने नदेखिएको भन्दै अपराध संहिताकै दफा १ सय ७९ बमोजिम सजाय गरेको पुष्टी भएकाले त्यही अनुसार फैसला भएको कार्कीले बताए ।

अदालतले १० देखि १५ बर्ष सजाय हुने दफामा उल्लेख भएकाले कति सजाय तोक्ने सम्बन्धमा यही जेठ ३० गतेलाई पेशी तोकेको छ । अदालतले दुवै पक्षका कानून व्यवसायीलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्ने आदेश समेत दिएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

कुटपिटबाट घाइते तेस्रोलिंगी जुनुको मृत्यु

तेस्रोलिंगी जुनु मृत्युको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिने

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.