लोक सेवाको विज्ञापनप्रति दलित अधिकारकर्मीहरुको ध्यानाकर्षण

लोक सेवाको विज्ञापनप्रति दलित अधिकारकर्मीहरुको ध्यानाकर्षण

काठमाडौं (पहिचान) जेठ २४ – लोक सेवा आयोगले जेठ १५ गते निकालेको विज्ञापनप्रति दलित अधिकारकर्मीहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । स्थायी पदपुर्ति गर्ने प्रयोजनका लागि प्राविधिक र अप्राविधिक सहायक चौथोदेखि अधिकृत छैटौं तहसम्म कर्मचारी मागगरेको विज्ञापन समावेशी नभएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

विज्ञप्ती निकालेर दलित अधिकारकर्मीहरुले नेपालको संविधानको धारा ४० (१) ले प्रत्याभुत गरेको समानुपातिक समावेशी सिद्धान्त तथा संविधानका प्रस्तावनादेखि विभिन्न धाराहरुमा गरिएको व्यवस्था र निजामति सेवा ऐन, २०४९ दफा ७ बमोजिमको व्यवस्थाको बर्खिलाप भएको भन्दै तत्काल स्थगीत गर्न आग्रह पनि गरेका छन् ।

लोक सेवा आयोगले आफ्नो साखलाई कायम गर्दै संविधानको भावना र मर्मअनुसार परिमार्जन गरी पुन विज्ञापन आव्हान गर्नुपर्ने उनीहरुको माग छ । अन्यथा शसक्त आन्दोलनमा उत्रिने बताउँदै त्यसबाट हुने क्षतीको सम्पुर्ण जिम्मेवारी सरकार र सम्वन्धित निकायले लिनुपर्ने चेतावनी दलित अधिकारकर्मीहरुले दिएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.