निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मानविय स्वतन्त्रता खोसिएको गुनासो

मानविय स्वतन्त्रता खोसिएको गुनासो

486
SHARES

मकवानपुर (पहिचान) असार १ – यौनिक तथा लैंगिक अल्पसंख्यक समदायका व्यक्तिले समाजिक भेदभाव र लान्छनाका कारण पहिचान सहित खुल्न नसकेको गुनासो गरेका छन् । फ्रेन्ड्स हेटौडाले आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबीचको अन्तरक्रियामा सहभागीहरुले भेदभाव र लान्छनाका कारण आफूहरु समाजमा खुलेर हिँड्न नसकेको गुनासो गरेका हुन् ।

समाजले हेर्ने नजर परिवर्तन नहुँदा आफूहरुको मानविय स्वतन्त्रता पनि खोसिएको समलिंगी तेस्रोलिंगीहरुको गुनासो छ । उनीहरुले अमानवीय व्यवहारकै कारण आफूहरु सडकमा उत्रिएर देह व्यापारमा लाग्नुपरेको बाध्यता सुनाए ।

रोजगार माग्न जाँदा आफूहरुलाई कसैले विश्विास नगर्ने र काममा राखिहाले पनि भेदभाव हुने गरेको उनीहरुको गुनासो छ । तेस्रोलिंगी अजिता भुजेलले भनिन्, ‘पेट पाल्नकै लागि भए पनि समलिंगी तेस्रोलिंगीहरु सडकमा आउन बाध्य भएका हुन् ।’

फ्रेण्ड्स हेटौंडाका अध्यक्ष सुमित पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका भीम तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नील हिरा समाज हेटौडाका कार्यक्रम संयोजक सुरज किरण, फ्रेण्ड्स हेटौंडाका सदस्य विनोद ढकाल, शंकर रोक्का, अजिता भुजेल, इन्दिरा न्यौपाने, वर्षा मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समाचार शेयर गर्नुहोस्
486
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.