निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मानव अधिकारको संरक्षण र संबद्र्धनमा सहयोग गर्न आग्रह

मानव अधिकारको संरक्षण र संबद्र्धनमा सहयोग गर्न आग्रह

466
SHARES

ललितपुर (पहिचान) असार ६ – राष्ट्रिय मानवअधिकार आयोगले मानव अधिकार उल्लंघनका गम्भीर घटनाको अनुगमन गरी सत्य तथ्य सार्वजनिक गर्ने जनाएको छ । आयोगका अनुसार यसका लागि “द्रूत अनुगमन तथा कार्य टोली” गठन गरी अनुगमन कार्य शुरू गरेको छ ।

आयोगको कानून, अनुसन्धान तथा अनुगमन विभागका निर्देशकको नेतृत्वमा रहने टोलीले काठमाडौं उपत्यकालगायत देशका सम्पूर्ण भागमा घट्ने गम्भीर प्रकृतिका मानव अधिकार हनन्का विषयहरूलाई अनुगमन गरी आयोगमा तत्कालै प्रतिवेदन पेश गर्ने आयोगका सचिव वेद भट्टराईले जानकारी दिए ।

आयोगका सचिव भट्टराईले बिज्ञप्ती निकालेर आयोगको टोलीलाई सम्बन्धित सबै निकाय तथा सरोकारवालाहरूले आवश्यक सहयोग पुर्याई मानव अधिकारको संरक्षण र संबद्र्धनमा आयोगलाई साथ दिनु हुन आग्रह समेत गरेका छन् ।

विगत केही समय यता भएका अभिव्यक्ति स्वतन्त्रता, सामाजिक तथा साँस्कृतिक अधिकार, दण्डहीनताको स्थिति, गैरकानूनी थुना, यातना, स्वास्थ्यको अधिकार, नियोजित पुनः पक्राउका घटना, दोहोरो भीडन्त र हत्या, विष्फोटन, जबर्जस्ती चन्दा, विधिको शासन विपरितका कार्य, अत्याधिक बल प्रयोग जस्ता घटनाहरूप्रति आयोगले चिन्ता व्यक्त गरेको छ ।

समाचार शेयर गर्नुहोस्
466
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.